महोत्सवको चहलपहल— पिंक सिटी महोत्सवले वालिङको पहिचान खोज्दै

श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
नेपालको पिंक सिटी शहर कुन हो भनेर खोज्ने हो भने वालिङ हो भन्न सकिन्छ । किनभने झण्डै ७५ प्रतिशत घरहरु अहिले पिंक कलरबाट सजिएका छन् । जसले गर्दा वालिङलाई पिंक सिटी शहर भन्न हिचकिचाउनु पर्दैन । वालिङ जेसिजले ल्याएको अवधरणालाई वालिङ नगरपालिकाले शिरोधार्य गरेपछि अहिले वालिङका अधिकांश घरहरु पिंक कलर लगाएर नगरवासीले साथ दिएका छन् । नयाँ घर निर्माण गर्दा पिंक कलर नलगाएमा नक्सा पास समेत नहुने अवधारणा नगरपालिकाले अगाडी सारेपछि नगरवासीहरु आफ्ना घरलाई पिंक कलरमा सजाउन बाध्य छन् । जसले गर्दा वालिङ अब पिंक सिटीको शहर हुने चरणमा छ ।

यसलाई अझै पहिचानको शहर बनाउने अभिप्रायले वालिङ चेम्बर अफ कमर्शले प्रथम पिंक सिटी महोत्सव २०८१ आयोजना गरेर थप चर्चा बनाउने प्रयासमा लागेको छ । यसलाई सघाउदै वालिङ लजेसिज पनि साझेदारका रुपमा सहयोग गरेको छ । वालिङ पिंक सिटी शहर हो भन्ने सन्देश महोत्सवबाट दिन कै लागि पिंक सिटीको नामाकरण गरीएको चेम्बर अफ कमर्श वालिङका महासचिव गणेश राउतले बताए । प्रचार प्रसारमा समेत टेवा पुगो भन्ने हाम्रो चाहना हो महासचिव राउतले भने,‘वालिङ पिंक सिटी शहर हो यसको पहिचान कायम गराउनु पर्छ ।’ स्थानीय सरकारको प्रयासलाई हाम्रो अर्गनाईजेसन संस्थाले महोत्सव मार्फत प्रचारप्रसार गर्न सहजता खोजेका हौं उनले भने । हामीले हरेक काममा पिंक कलर जोडेर अगाडी बढेको समेत उनले बताए ।

पिंक सिटी शहर चिनाउन सगै यहाँका उत्पादीत सामाग्रीको बजारीकरणमा समेत यो महोत्सवले टेवा पुराउने उदेश्य आयोजकको छ । जिल्लाकै मध्यभागमा रहेको वालिङ धार्मिक, शैक्षिक, पर्यटकीय र कृषि उत्पादनमा निकै अगाडी देखिन्छ । यसको सम्वद्र्धन र प्रवद्र्धनमा यस्ता खालका महोत्सवहरुले साथ दिने गरेको आयोजकको दावी छ । वालिङलाई कुनै न कुनै माध्यमबाट देश लगायत विश्वमा चिनाउन पिंक सिटी महत्वपुर्ण रहेको वालिङ नगरपालिकाका नगर प्रवक्ता पदमराज गुरुङ्ले बताए । वालिङ नगरपालिकाले नीति तथा कार्यक्रम मार्फत नै पिंक सिटीको अवधारणा अगाडी सारेको थियो नगर प्रवक्ता गुरुङ्ले भने,‘यसमा साथ अहिले आयोजना हुदै गरेको महोत्सवले दिएको छ ।’ यो निकै प्रशंसनीय र सकरात्मक कदम हो उनले भने । यस्ता सकरात्मक बिषयमा सबै नगरवासीहरु एकजुट हुनुपर्ने समेत नगर प्रवक्ता गुरुङ्ले भने ।

चेम्बरले आयोजना गर्न लागेको प्रथम पिंक सिटी महोत्सवका लागि नगरपालिका सगँ अझै समन्वय गर्न पाएको भए अझै राम्रो हुने गुरुङ्को भनाई छ । पिंक सिटी शहरका रुपमा चिनाउन आयोजना गरिएको महोत्सवले नगरपालिकालाई साथ दिएको बुझाई हाम्रो रहेको गुरुङ्ले बताए । फागुन २१ गतेबाट शुरु भएको महोत्सव चैत्र ३ गतेसम्म संचालन हुने छ । ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ भन्ने मुल नारा सहित १३ दिन सम्म चल्ने महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने आयोजकले जनाएका छन् ।

महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् । महोत्सवमा ३५० स्टल रहने छन् । महोत्सव अवधिभर कूल पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ ।

प्रतिक्रिया