स्ववियू निर्वाचन—मालुङ्गा बहुमुखी क्याम्पसमा भण्डारी

गल्याङ ।
स्याङ्जाको गल्याङ १ मा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा सहित सबै समितिमा सर्वसहमतिमा टुङ्गिएको छ । बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका नेता गोविन्द भण्डारी सर्वसहमतिमा चयन भएका छन् ।

त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियनको उपाध्यक्षमा भुमिका बस्याल, सचिवमा समिक्षा अधिकारी, सह—सचिवमा पूजा बस्याल र कोषाध्यक्षमा तिर्सना सर्वसहमतिमा क्षेत्री चयन भएका छन् । सदस्यहरुमा लक्ष्मी पराजुली, देवी तिवारी, सौगात पल्ली, सलिना न्यौपाने, अन्जली श्रेष्ठ र कृष्ण न्यौपाने चयन भएको स्ववियू निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया