भीरकोटमा किसान सूचिकरणका लागि स्वयंसेवक छनौट

भीरकोट ।

नेपाल सरकारले देशभरी नै किसान सूचिकरण राष्ट्रिय अभियान शुरु गरेको छ । किसानको पहिचान गरी सरकारी तवरबाट किसानहरूलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा किसानहरूको आवश्यक विवरणहरू विद्युतीय प्रणालीमार्फत संकलन गरी सूचिकरण गर्ने अभियान शुरु गरेको हो । उक्त कार्यका लागि भीरकोट नगरपालिकाले स्वयंसेवकहरु छनौट गरेको छ । स्वयंसेवकका लागि वडा नं. ३ का पवन कुमार अधिकारी क्षेत्री, वडा नं. ५ का माला थापा, अनिष अर्याल र सुरक्षा अर्याल, वडा नं. ६ का दिक्षा खत्री क्षेत्री, वडा नं. ७ का विनोद अर्याल, वडा नं. ८ का चिञ्जिवी रेग्मी र वडा नं. ९ का चुमकला भुर्तेल रेग्मी छनौट गरिएको नगरपालिकाले जनाएको छ ।

किसान पहिचान र सूचिकरण सम्बन्धी कार्य गर्न मन्त्रालयले वेवमा आधारित एक सफ्टवेयर प्रणाली विकास गरेको छ । सो प्रणाली संघ, प्रदेश र स्थानीय तहसम्म जोडिएको छ । देशभित्र जुनसुकै स्थानमा बसोबास गरि कृषि पेशामा आवद्ध व्यक्तिहरू यसमा समेटिने छन् । सूचिकरणमा आएका किसानहरूको व्यक्तिगत विवरण संकलन गरि वैकिङ खाता खोल्ने र संकेत नम्बर उपलब्ध गराइने भीरकोटका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । उनले भने– अभिलेख प्रमाणिकरण भएका किसानहरूलाई बालीका विऊ, मलखाद, उपकरण लगायतका अनुदान पाउन सहज हुनेछ । यो अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन संघिय सरकारले कार्यविधी तयार गरेको छ । सोही कार्यविधीका आधारमा संघ, प्रदेश र स्थानीय तहको भुमिका, सूचिकरण गर्न आवश्यक पर्ने कागजपत्र लगायत विभिन्न कुरा समेटिएको छ ।

प्रतिक्रिया