वालिङबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ

वालिङ।
स्याङ्जाको वालिङ नगरपालिका १० भकुण्डेबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ वरेङ गाउँपालिका १ बस्ने २२ वर्षीय प्रेम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु प्र ०१००१ ज ००९३ नम्बरको हाईसमा सवार उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले थापाको साथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट र जुब्लिन १ सय २३ ट्याब्लेट बरामद गरेको बताएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया