स्याङ्जामा सडक दुर्घट्नामा एकको मृत्यू

स्याङ्जा ।
स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा बेपत्ता रहेका चालक घाइते अवस्थामा भेटिएका छन् । चापाकोट नगरपालिका घर भएर वालिङ–७ केवरेमा बस्दै आएका २८ वर्षीय चालक सुरज थापा घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल भन्दा केही पर थापा घाइते अवस्थामा भेटिनु भएको हो । घाइते थापालाई उपचारका लागि अस्पताल लगिएको छ ।

वालिङ–चापाकोट सडकखण्ड अन्तर्गत वालिङ नगरपालिका–५ र ७ को सिमाना मझकोटमा गएराति भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो । दुर्घटनामा वालिङ नगरपालिका–७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक भन्दा झण्डै १५० मिटर तल सवारी साधन देखेपछि प्रहरीलाई खवर गरेको वडा नं. ५ का वडा अध्यक्ष छविलाल आलेले बताए ।

ग १ ज ७५११ नम्बरको विन्ङ्गर भ्यान दुर्घटनाग्रस्त अवस्थामा रहेको भए पनि कता जाँदै गरेको हो भन्ने नखुलेको प्रहरीको भनाइ छ । महिला मृत अवस्थामा घटनास्थलमा नै भेटिएको प्रहरीले जनाएको छ । चालक फेला परेपछि घटना बारे खुल्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया