विद्यार्थीलाई बैकिङ् शिक्षा सिकाउदै गरिमा बैंक

स्याङ्जा ।
स्याङ्जाका शैक्षिक संस्थाहरुमा गरिमा विकास बैंकले विद्यार्थीहरुलाई वित्तिय शिक्षा प्रदान गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको हो । जिल्लाका ९ ओटा शाखाले पायक पर्ने शैक्षिक संस्थाहरुमा बैंकले ग्लोबल मनि विईकको अवसर पारेर बैकिङ् शिक्षा प्रदान गरेको बैंकले जनाएको छ । कक्षा ८ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुलाई बैकिङ् बिषयका बारेमा जानकारी दिने उदेश्यले यो अभियान चलाउदै आएको गरिमा विकास बैंक क्षेत्रिय कार्यालय वालिङका प्रमुख लेखनाथ भट्टराईले बताए ।
पछिल्लो समय प्रविधि मार्फत बैकिङ् कारोवार गर्ने बढ्न थालेका छन् भट्टराईले भने,‘डिजिटल प्रविधिबाट ठगिनेक्रम पनि बढ्न थालेपछि वित्तिय साक्षरताले घटाउने छ ।’ वित्तिय साक्षरताले डिजिटल प्रविधिका फाइदा र बेफाइदाका बिषयमा विद्यार्थीलाई सिकाउने गछौं उनले भने । विद्यार्थीहरुलाई आर्थिक अनुसाशन, शेयर मार्केट, डिमेट खाताका बारेमा समेत जानकारी दिइने गरेको प्रमुख भट्टराईले बताए । स्याङ्जा जिल्लाबाट स्थापना भएर राष्ट्रिय स्तरको विकास बैंक हुन पुगेको गरिमाले वित्तिय साक्षरता सगै अन्य सामाजिक उत्तरदायित्वमा समेत महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।
यो आर्थिक बर्षमा स्याङ्जामा विभिन्न शैक्षिक संस्थाहरुका ४ सय भन्दा बढी विद्यार्थी वित्तिय सचेतना कार्यक्रममा सहभागी भएको गरिमा विकास बैंक शाखा वालिङका प्रमुख प्रेमनारायण अर्यालले जानकारी दिए । अवका युवा युवती वित्तिय सुचकका बारेमा जान्न आवश्यक छ अर्यालले भने,‘जसले डिजिटल प्रविधिमा खेल्न र सिक्न मद्धत पुग्ने छ ।’ आर्थिक गतिविधिमा विद्यार्थीकाल बाटै कारोवार गर्न सहज हुने देखिन्छ उनले भने । वित्तिय गतिविधि थाहा नपाउदा धेरै युवायुवतीहरु ठगिने, आर्थिक कारोवारमा अनुशासन नहुने जस्ता घट्नाहरु बढेका छन् । बैंकहरुले दिएको वित्तिय शिक्षाले यस्ता विबषयहरुलाई न्युनिकरण गर्न सहज हुने विश्वास अर्यालको छ ।
बैंकले दिदै आएको वित्तिय शिक्षा क्लासमा विद्यार्थीहरुले निकै चासोका साथ सुन्ने र सिक्न खोजेको वित्तिय संस्थाहरुले जनाएका छन् । यो अभियानले वित्तिय शिक्षाको महत्ववारे जागरण ल्याउने र वित्तिय सचेतना अभिबृद्धिमा सहयोग पुग्ने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव आचार्य बताउछन् । स्याङ्जा जिल्ला मात्रै नभएर गरिमा विकास बैंकको शाखा पुगेको प्रत्येक जिल्लामा यो अभियान जारी रहेको आचार्यको भनाई छ । अवका सबै युवायुवतीलाई बैकिङ् प्रणालीमा जोडिएर कारोवार गर्दा आर्थिक अनुशासित हुन्छ भन्ने सन्देश दिन पनि बैंकले हरेक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको उनले बताए ।
प्रतिक्रिया