प्राथमिक तहका स्थायी शिक्षक पदस्थापनका लागि सिफारिश

अमृत अर्याल,

भीरकोट ।

शिक्षक सेवा आयोगको खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका प्राथमिक तह तृतीय श्रेणीका १ सय ८८ जना शिक्षकहरूलाई शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले नियुक्ति दिएर पदस्थापनका लागि सिफारिश गरेको छ । कार्यालयले परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको पालिकागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरणसहित स्थायी पदस्थापनका लागि सिफारिश गरेको हो । पालिकामा भएको रिक्त दरवन्दी अनुशार सिफारिश गरी पठाइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुशार फेदीखोला गाउँपालिकामा ४, आँधीखोला गाउँपालिकामा १२, पुतलीबजार नगरपालिकामा ९, अर्जुनचौपारी गाउँपालिकामा १४, भीरकोट नगरपालिकामा २९, बिरुवा गाउँपालिकामा २२, गल्याङ नगरपालिकामा २२, चापाकोट नगरपालिकामा २०, कालीगण्डकी गाउँपालिकामा १०, वालिङ नगरपालिकामा २२ र हरीनाश गाउँपालिकामा २४ जना स्थायी शिक्षकहरु पदस्थापन हुदैछन् । जिल्लामै सबैभन्दा धेरै भीरकोट नगरपालिकामा २९ जना पदस्थापन हुदैंछन् ।

भीरकोटले सूचनामार्फत पदस्थापनको लागि निवेदन आव्हान गरेको छ । यहाँका १४ वटा विद्यालयमा २९ जना शिक्षक पदस्थापन हुनेछन । जसअनुशार जनविकास आधारभूत विद्यालय भीरकोट ३ रोजीखोलामा १, ठूलीभञ्याङ माध्यमिक विद्यालय भीरकोट ९ ठूलीभञ्याङमा ३, जनज्योती आधारभूत विद्यालय भीरकोट ३ गुमार्दीमा २, जनसेवा आधारभूत विद्यालय भीरकोट ६ फोक्सिङमा १, महेन्द्रज्योती माध्यमिक विद्यालय भीरकोट ७ सुन्दरचौरमा ४, कालिका आधारभूत विद्यालय भीरकोट ३ भतेरपाटामा ३, सूर्यमुखी आधारभूत विद्यालय भीरकोट ८ मा २, सितलचौर आधारभूत विद्यालय भीरकोट ८ ओकादीमा २, लक्ष्मी आधारभूत विद्यालय भीरकोट १ गजौदीमा १, सिरुखर्क जोगीस्थान माध्यमिक विद्यालय भीरकोट ८ सिरुखर्कमा ३, पिपलडाँडा माध्यमिक विद्यालय भीरकोट ९ साउन्दीमा ३, दिपज्योती आधारभूत विद्यालय भीरकोट २ केघामा १, अमर आधारभूत विद्यालय भीरकोट ८ पखेरेमा १ र पब्लिक एकेडेमी माध्यमिक विद्यालय भीरकोट ८ ढापुकमा २ जना पदस्थापन हुदैछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया