लेखापढी कानुन व्यवसायीको अध्यक्षमा अर्याल

स्याङ्जा ।
मालपोत कार्यालयको लिखत सम्वन्धी सेवामा सघाउदै आएका लेखापढी व्यवसायीहरुको छाता संगठनको अधिवेसन सम्पन्न भएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति वालिङको तेस्रो अधिवेसन सम्पन्न भएको हो । छैठौ साधरणसभा तथा तेस्रो अधिवेसनबाट ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
स्याङ्जाको वालिङमा सम्पन्न भएको लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति वालिङको अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन भएका छन् । अर्याल यो भन्दा अगाडी इकाईको सचिवमा कार्यरत थिए । इकाईको उपाध्यक्षमा सरस्वती सुवेदी, सचिवमा रामचन्द्र रेग्मी र कोषाध्यक्षमा चिरन्जीवी सुवेदी चयन भएका छन् ।
सदस्यहरुमा सम्झना पाण्डे, मुक्ति गौडेल र पार्वती खड्का रहेका छन् । त्यसैगरी इकाईको सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा खेमनारायण रेग्मी, सदस्यहरुमा प्रदिप रेग्मी, मुक्ति न्यौपाने रहेका छन् । लेखापढी व्यवसायीको हकहितका बिषयमा र मालपोत सहितका कार्यालयहरु सगँ लिखितमा सहजिकरण गर्दै अगाडी बढ्ने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष अर्यालले गरेका छन् । वालिङ नगरपालिकामा झण्डै २५ जना लेखापढी व्यवसायी रहेका छन् ।
प्रतिक्रिया