स्याङ्जाको ग्रामिण स्वावलम्बन सहकारी प्रदेशको उत्कृष्ट

स्याङ्जा ।
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको ‘ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि.’ गण्डकी प्रदेशमै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भएको छ । राष्ट्रिय सहकारी महासघंले साना किसान कृषि सहकारीमार्फत कृषि, पशुपन्छी क्षेत्र एवं सूक्ष्म वित्तीय क्षेत्रको ग्रामीण भेगमा रहेका सदस्य किसानको जीवन रुपान्तरण र आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ग्रामिण स्वावलम्बन सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८१ बाट पुरस्कृत गरेको हो । जिल्लाको ग्रामिण क्षेत्रमा स्थापना गरि यस क्षेत्रका नागरिकको आयआर्जनमा सहकारीले महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत हुन सहयोग संस्थाका शेयर सदस्य, संचालक, कर्मचारीलगायत सबैको अथक प्रयासले सफलता हासिल गरेको संस्थाका प्रबन्धक शालिग्राम काफ्लेले बताए । सहकारीलाई निरन्तर यस्तो सहयोगको अपेक्षा गर्दै सबैप्रति धन्यवाद प्रवन्धक काफ्लेले दिए । अर्जुनचौपारी गाउँपालिकालाई कार्यक्षेत्र बनाउदै सहकारीले यहाँका नागरिकलाई व्यवसायीक कर्जा, कृषि कर्जा मार्फत आयआर्जनमा जोड्न भुमिका खेल्दै आएको छ ।

कुनैबेला गाउँपालिकामै वित्तिय संस्था नहुँदा वित्तिय कारोवारको भुमिका खेल्दै आएको सहकारीले बिदेशी भुमिबाट पठाएको रकम रेमिट्यान्स मार्फत प्राप्त गर्न सहयोगी बन्दै आएको थियो । सहकारीमा झण्डै २५ सय शेयर सदस्य रहेका छन् । २ करोड शेयर पुँजी रहेको सहकारीले २५ करोड कर्जा लगानी गरेको छ । शेयर सदस्यको मृत्यू भएमा र महिला शेयर सदस्य सुत्केरी भएमा अनुदान रकम दिएर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ।

 

प्रतिक्रिया