वित्तिय साक्षरता सिकाउदै ग्रामिण स्वावलम्बन सहकारी

वालिङ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको ग्रामिण स्वावलम्बन साना किसान सहकारीले आफ्ना शेयर सदस्यलाई वित्तिय साक्षरता तथा सहकारी शिक्षा सिकाउदै आएको छ । हरेक बर्ष बार्षिक नीति तथा कार्यक्रम तयार गरी सहकारी आफ्ना शेयर सदस्यलाई वित्तिय साक्षरता र सहकारी शिक्षा सिकाउदै आएको हो । यो आर्थिक बर्ष २०८१÷०८२ का लागि सहकारीले आफ्नो कार्यक्षेत्रमा सहकारी शिक्षा अभियान संचालन गरेको छ ।

सहकारीले अर्जुनचौपारी २ खाल्टेमा रहेको समुह नम्बर ६ का अन्तर समुहलाई बित्तिय साक्षरता र सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । समुहका अध्यक्ष क्षेत्रबहादुुर रोकाको अध्यक्षता र सहकारीका अध्यक्ष बोधराज रेग्मीको प्रमुख आथित्यतामा उक्त अभियान सम्पन्न भएको संस्थाका प्रवन्धक शालिग्राम काफ्लेले जानकारी दिए ।

उक्त कार्यक्रममा संस्थाका संचालक समितिका सदस्य तथा म्यादी बिमा उपसमितिका संयोजक बेलप्रसाद गुरुङ्ले बिमाका बारेमा प्रशिक्षण गरेका थिए । बिमाको महत्व र यसको फाइदाका बिषयमा आफ्ना शेयर सदस्यलाई गुरुङ्ले सहजिकरण गरेका थिए । सहकारीका प्रवन्धक काफ्लेले सहकारी शिक्षा, पशु बिमा, सुत्केरी स्याहार, मृत्यू राहत, सुलभ र सहुलियत पुर्ण ऋण सहित सहकारीले प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रशिक्षण गरेका थिए । कार्यक्रममा १८ समुहका ८३ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया