निरासाजनक भन्दा उत्साहजन समाचार बनाइदिन नव आगन्तुक प्रजिअको आग्रह

वालिङ ।
स्याङ्जामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी र पत्रकारहरुबीच परिचय एवम् शुभकामना आदान प्रदान गरिएको छ । जिल्लामा क्रियाशील पत्रकारहरु र नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालबीच आज जिल्ला प्रशासन कार्यालय स्याङ्जामा परिचयात्मक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा नयाँ वर्ष २०८२ को उत्तरार्धमा जिल्लामा पाल्नुभएका प्रमुख जिल्ला अधिकारी अर्याल बीच एक आपसमा परिचयसँगै शुभकामना आदान प्रदान गरिएको हो । पत्रकारहरुको भेटघाटमा नव आगन्तुक प्रजिअ अर्यालले निरासाजनक समाचार भन्दा उत्साहजनक समाचार प्रकाशित गर्न आग्रह गरेका छन् । जिल्लालाई राम्रो बनाउन उत्साहजनक खबर बनाईदिदा सकरात्मक सन्देश जानेछ उनले भने,‘निरासाजनक खबर बनाउदा नकरात्मक सन्देश जानेछ ।’ नागरिकलाई उत्साही बनाउन पत्रकार र प्रशासनको सहकार्य महत्वपुर्ण हुन्छ उनले भने ।
नव आगन्तुक प्रमुख जिल्ला अधिकारी अर्यालले स्याङ्जाको शान्ति सुरक्षा र सुशासनका लागि सबैको साथ, सहयोग र सल्लाह अनुसार काम गर्ने बताए । सबै सकरात्मक बनौ उनले भने,‘सकारात्मक हुनु भनेको हामी आधा सफल हुनु हो ।’ सफलताले जिल्लालाई राम्रो बनाउनेमा सघाउने छ उनले भने । सञ्चारकर्मी र जिल्ला प्रशासन कार्यालयबीच सुमधुर सम्बन्ध कायम गर्दै सम्वद्ध पक्षसँगको सहकार्य गरेर अगाडि बढ्ने विश्वास प्रजिअ अर्यालको छ ।
कार्यक्रममा पत्रकार महासँघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल र महासँघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । यसका साथै सहभागीहरुले जिल्लामा विशेषगरी आँधिखोला दोहन, विपद्का समस्या, लागुऔषधको ओसारपसार, सहकारीका बचतकर्ताको समस्या लगायतका बिषयमा प्रजिअलाई जानकारी गराएका थिए । नवआगन्तुक प्रजिअ अर्याल यही चैत २७ गते स्याङ्जामा हाजिर भएका थिए । अख्तियारबाट गृहमन्त्रालयमा र त्यसपछि स्याङ्जामा प्रजिअको जिम्मेवारी लिएर आएका अर्यालको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पहिलो अनुभव हो ।
पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा सहायक प्रजिअ दीपक पौडेल, प्रहरी प्रमुख शालिग्राम शर्मा लगायतले जिल्लाको शान्ति सुरक्षा र सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया