सिग्देल बन्धु प्रतिष्ठानको साधरणसभा सम्पन्न

स्याङ्जा ।
देशभर छरिएर रहेका सिग्देल बन्धुहरुको छाता संगठन सिग्देल बन्धु प्रतिष्ठान नेपालको साधरण सभा सम्पन्न भएको छ । प्रतिष्ठानको २२ औं साधरणसभा लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा सम्पन्न भएको हो । सिग्देल थर लेख्ने बन्धुहरुको एकताका लागि देशभरका सिग्देलहरुले प्रतिष्ठान मार्फत गतिविधिहरु संचालन गर्दै आइरहेका छन् । २२ औं साधरणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक टुकराज सिग्देलले उद्घाटन गरेका थिए ।
साधरणसभाको उद्घाटन गर्दै सल्लाहकार समितिका संयोजक सिग्देलले सबै सिग्देलको एकतामा बल पुग्छ भन्ने सन्देश यो साधरणसभाले दिएको बताए । पर्यटकीय जिल्ला बर्दियामा आएर आफ्ना बन्धुहरुसगँ भेटघाट सगै प्रतिष्ठानलाई चलायमान बनाउन यो साधरणसभा महत्वपुर्ण हुने विश्वास उनले गरे । देश विदेश जहाँ भएपनि हामी सिग्देल बन्धुहरु भाइचारको रुपमा रहनुपर्ने धारणा सिग्देलको थियो ।
सिग्देल बन्धु प्रतिष्ठान नेपाल जिल्ला समिति बर्दियाको व्यवस्थापनमा सम्पन्न गरिएको साधरणसभामा पुर्वको ताप्लेजुङग देखी दैलेख, कन्चनपुर, सिन्धुपाल्चोक देखी काभ्रे, नुवाकोट, काठमाडौंं पोखरा, तनहुँ स्याङ्जासम्मका अगुवाहरुको सहभागिता रहेको छ । प्रतिष्ठानको साधरणसभाले पर्यटकीय हिसावले उत्कृष्ट गन्तव्य र धार्मिक हिसावले ऐतिहासिक रहेको बर्दिया जिल्लालाई चिनाउन सबैले सहयोग गर्न आवश्यक रहेको समेत जनाइएको छ ।
प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद सिग्देलको अध्यक्षमा सम्पन्न साधरणसभामा सिग्देल बन्धुहरुको उत्साहजनक सहभागिता रहेको प्रतिष्ठान बर्दियाका सल्लाहकार तेजेन्द्र सिग्देलले जानकारी दिए । साधरणसभाले आगामी कार्ययोजना तय गर्दै विगतका कार्यहरुको समिक्षा सहित विभिन्न महत्वपुर्ण निर्णय गरेर सम्पन्न भएको तेजेन्द्र सिग्देलले बताए । प्रतिष्ठानले सिग्देल बन्धुहरुको बस्ती—बस्तीका निशुल्क बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर समेत संचालन गर्दै आइरहेको छ । यो आर्थिक बर्षमा स्याङ्जाको हरिनास गाउँपालिका १ मग्याम चिसापानीमा स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया