सशस्त्र प्रहरीका एसपी पुरी सम्मानित

स्याङ्जा ।
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरी सम्मानित् गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक पुरीलाई विपद् व्यवस्थापनमा उच्च व्यवसायीकतामा महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको २१ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक बंसीराज दाहालले प्रंशसापत्र बाट पुरी सम्मानित भएका छन् ।
निडर, साहासिक, अविचलित रुपमा परिचालित भई इमान्दार, लगनशिलता, कर्तव्यनिष्ठ र उच्च व्यवसायिकता साथ आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले कार्यसम्पदान गरी संगठनको छवि र समग्र शिक्षालयको कार्य सम्पादनमा योगदानको कदर गर्दै यो प्रशंसापत्र प्रदान गरिएको उल्लेख गरिएको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १७ को नियम १५७को (ग) बमोजिम अभिलेखमा जनिने गरी अतिरिक्त महानिरिक्षक दाहालले एसपी पुरीलाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपालको संगठन भित्र स्वच्छ छवि बनाएका पुरी नागरिकको सेवामा खटिन मनपराउने उच्च अधिकारी हुन् । एसपी पुरी जहाँ—जहाँ कार्यरत रहे ति ठाउँहरुका विपद्मा उनको कमाण्डमा उद्धारका कार्यहरु महत्वपुर्ण रहेको बताइएको छ । अहिलेको बर्षादका समयमा त्रिसुलीमा खसेका दुई बसको खोजी कार्यमा पनि उनकै कमाण्डमा टोली खटिएको थियो । झण्डै एक महिना सम्म उनले त्रिसुली नदीमा बेपत्ता भएका दुई बसको खोजीमा खटेर काम गरेको सवत्र चर्चा रहेको थियो ।
प्रतिक्रिया