महिलाहरुलाई नेतृत्व विकास र उद्घोष कला तालिम
 
                         क्रान्ति अर्याल,
गल्याङ ।
पौष २५ र २६ गते स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं। ११, करेन्डाँडामा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र मनकामना आमा समूहको समन्वयमा महिलाहरूका लागि नेतृत्व विकास, उद्घोषण कला र उद्यमशीलतामा आधारित दुई दिने विशेष तालिम सम्पन्न भएको छ । तालिममा वडा नं। ११ का विभिन्न टोलका आमा समूह र टोल विकास संस्थाका करिब ५० जना महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रममापुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले महिलाहरूका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक भएको उल्लेख गर्दै आगामी दिनमा महिला सशक्तिकरण र उद्यमशीलतासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरीन् ।
कार्यक्रमको रेडियो सफलता १०३.४ मेगाहर्जका प्रमुख व्यवस्थापक दुर्गा अधिकारीले महिलाहरूको नेतृत्व विकास र उद्घोषण सीपले उनीहरूलाई सक्षम, आत्मनिर्भर र समाजमा प्रभावकारी भूमिका खेल्न प्रेरित गर्ने बताइन्। त्यस्तै यस्ता तालिमले महिलाहरूलाई आफ्नो आत्मविश्वास बढाउन र सामाजिक परिवर्तनको नेतृत्व गर्न सक्षम बनाउँने बताइन् ।
सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले महिलाहरूलाई आफ्नो सीप र क्षमतालाई जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले उनीहरूलाई राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुर्याउने विश्वास व्यक्त गरे ।
तालिममा महिला उद्यमी गीता पौडेल पङ्गेनीले घरेलु सामग्रीको प्रयोगबाट धूप बनाउने सीप सिकाउन सहजिकरण गरेकी थिइन् । उनले स्थानीय उत्पादनको प्रवर्द्धनले आत्मनिर्भरता बढाउन सहयोग गर्ने बताए।
उक्त कार्यक्रममा वडा अध्यक्ष मनोज पौडेल लगायत जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरुले तालिमको महत्त्वबारे धारणा राख्दै महिलाहरूको सशक्तिकरणमा आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरे ।
कार्यक्रमको समापनमा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता गरेकी मनकामना आमा समूहका संयोजक मिना पौडेलले महिलाहरूलाई समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा स्थापित गर्न र उद्यमशीलतामा आधारित कार्यहरू अघि बढाउन यस तालिमले उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरीन् ।


 
                                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
		                             
                                                                     
                                     
                                     
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									 
  
									
									
प्रतिक्रिया