जब्बरको नेतृत्वमा भीरकोट चेम्बर अफ कमर्स गठन

भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकामा चेम्बर अफ कमर्श गठन गरिएको छ। बयरघारी बजारमा भेला भएका भीरकोटका व्यवसायीहरूले तदर्थ समिती गठन गरेका हुन। वालिङ चेम्बर अफ कमर्शका महासचिव गणेश राउतको आतिथ्यतामा सम्पन्न भएको भेलाले जब्बर अलि मियाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको हो। तदर्थ समितिको उपाध्यक्षमा रामप्रसाद भुसाल, महासचिवमा हरि काफ्ले, सचिवमा जुमाल अलि, कोषाध्यक्षमा रेखा बस्याल र सदस्यहरूमा पिता खनाल, भुवन मल्ल, मीन बहादुर केसी, नारायण प्रसाद कोइराला रहेका छन्। बांँकी २ सदस्य पछि थप हुने तदर्थ समितिका सचिव जुमाल अलिले जानकारी दिए। यसैगरी भेलाले चन्द्र बहादुर बस्नेतको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिती समेत गठन गरेको छ। विधान मस्यौदा समितिको सदस्यमा आनन्द चिलवाल र जब्बर अलि मिया रहेका छन्।
प्रतिक्रिया