भीरकोटमा समुदायको लगानीमा बहुउद्देश्यीय भवन

प्रकाश डोटेल,
स्याङ्जा ।

स्याङ्जाको भीरकोट नगरपालिकामा क्षेत्री समाज जिल्ला शाखा स्याङ्जाले सामुदायिक बहुउद्देश्यीय भवन निर्माण गरेको छ । समाजको अगुवाईमा झण्डै एक करोड ५१ लाखको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरेको हो । क्षेत्री समाजको नेतृत्वमा बनेको भवनमा एक करोड ११ लाख भन्दाबढी रकम समुदायस्तरबाटै स्वतःस्फूर्त रुपमा संकलन भएको अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए । भवन निर्माणमा १६ जनाले एकलाख भन्दा बढी, २८ जनाले ५० हजार भन्दाबढी र ५७७ जनाले ५ हजार भन्दाबढी सहयोग गरेका थिए ।

भीरकोटनगरपालिका–१ मुख्यबजार बयरघारीस्थितपुलको मुखमा बनेको आधुनिकभवन ८ रोपनी ८ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । गएको वर्ष २०८१ को घटस्थापनाकादिनशिलान्यास गरिएको भवन एक वर्षमै निर्माणसम्पन्नभएको अध्यक्ष केसीले जानकारी दिए ।

७ हजार १६५ वर्गफिट क्षेत्रफलको एकतले सभा भवनमा करिब एक हजार जनाको क्षमता रहेको छ । भवनभित्र बाथरूम, शौचालय, पोशाक परिवर्तन कक्ष, कार्यालय कक्ष, भान्सा कक्ष र शुद्ध खानेपानीको सुविधा छ । भवनमै पुजाआजाको लागि हवन कुण्ड पनि निर्माण गरिएको छ । भवनलाई धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक कार्यक्रमका लागि बडदशै २०८२ को अवसरमा सञ्चालनमा ल्याइएको हो । भवनमा योगा, जिम र बास्केटबल कोर्टको सुविधा थप्ने तयारी गरिएको समाजले जनाएको छ ।

भवन निर्माणमा समुदायसँगै भीरकोट नगरपालिकाले १० लाख रुपैयाँको सहयोग गरेको छ । समुदायकै सहयोगमा बनेको भवनले सामाजिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने स्थानीयले विश्वास गरेका छन् ।

प्रतिक्रिया