प्राधिकरणको निर्देशन पालना गर्दै शुभलक्ष्मी सहकारी

भीरकोट ।
स्याङ्जाको भीरकोट स्थित बयरघारीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारीको तेह्रौ साधरणसभा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८२/०८३ का लागि योजना, नीति तथा कार्यक्रम र बजेट साधरणसभाले पास गर्दै सम्पन्न भएको हो । पछिल्लो समय हरेक सहकारीले तामझाम सहित नगर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दिएको निर्देशनलाई शुभलक्ष्मी सहकारीले कार्यन्वयन गर्दै आफ्नो साधरणसभा सम्पन्न गरेको जनाएको छ ।
सहकारीका अध्यक्ष भक्तबहादुर केसी, लेखा तथा सुपरिवेक्षण प्रतिवेदन संयोजक नुवादत्त अर्याल र व्यवस्थापकीय प्रतिवेदन सहकारीका व्यवस्थापक लेखबहादुर केसी (किरण) ले पेश गरेको प्रतिवेदन साधरणसभाले पास गरेको छ । साधरणसभामा उठेका बिषयमा गम्भीर छलफल गरी सहकारीलाई अझै परिस्कृत र शेयरसदस्य मैत्री बनाउने गरी अगाडी बढाउने निर्णय गरिएको सहकारीका व्यवस्थापक लेखबहादुर केसीले जानकारी दिए । साधरणसभामा तीनओटा प्रतिवेदन पेश गरेकोमा शेयर सदस्यको राय, सल्लाह र सुझाव सहित पास गरी सम्पन्न भएको केसीले बताए ।
सहकारीका शेयर सदस्यलाई सहकारी प्रशिक्षण संस्थाका प्रमुख सल्लाहकार छाँयाराम खनाल र जिल्ला सहकारी संघका सचिव मिनप्रसाद कोइरालाले दिएका थिए । साधरसभामा नियमित बचकर्ता, उत्कृष्ट कारोवार गर्ने, उत्कृष्ट लघुवित्त केन्द्र, उत्कृष्ट व्यवसायी, उत्कृष्ट कृषक, जेष्ठ नागरिक, २०८१ सालको एसईई परिक्षामा उत्कृट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको थियो । संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने र शेयर लाभांश ५ दशमलव २७ प्रतिशत वितरण गर्ने साधरणसभाले पास गरेको सहकारीले जनाएको छ ।
संस्थाको विनियम २०७०, आर्थिक प्रशासन नियमावली २०७२, कर्मचारी प्रशासन नियमावली २०७२, बचत तथा ऋण नीति २०७७ र लघुवित्त कर्जा नीति २०७२ समयसापेक्ष संशोधन गर्ने प्रक्रिया अगाडी बढाउन साधरणसभाले म्याण्डेड दिएको सहकारीका उपाध्यक्ष तारकबहादुर केसीले जानकारी दिए । शेयर सदस्यहरुलाई ध्यानमा राखेर सहकारीले बिदाको दिनमा पनि सेवा प्रवाह गर्दै आएको छ । विद्यमान प्रतिकुल परिस्थितीका बावजुद आगामी बर्षहरुमा संस्थाले थप विश्वास र भरोसा सहितको सेवा अगाडी बढाउने प्रतिवद्धता व्यवस्थापकीय पक्षले जनाएको छ । बचत तथा ऋणको कारोवार बाहेक सहकारीले कृषि र पशुपालनमा बिशेष योजना अगाडी बढाउदै शेयर सदस्यलाई आयआर्जनमा उभिने बनाउदै आएको छ ।
प्रतिक्रिया