प्रथम ॐकार कप फुटबल प्रतियोगिताको तयारी पुरा

वालिङ ।
स्याङ्जाको वालिङमा पौष २९ गतेदेखी माघ ३ गतेसम्म आयोजना हुन लागेको प्रथम ॐकार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । ॐकार इभेन्ट्स हब, वालिङको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ । वालिङ खेल मैदानमा सञ्चालन हुन लागेको प्रतियोगितामा चार जिल्लाका ९ टिमको सहभागी हुने ॐकार इभेन्ट्स हब वालिङका अध्यक्ष तथा फुटवल प्रतियोगिताका संयोजक बिजय मल्लले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा ५० बर्ष कटेका खेलाडीलाई अनिबार्य सहभागी हुनुपर्ने सर्त आयोजकले राखेको छ । अन्य खेलाडीहरू ४० वर्षभन्दा माथिका हुनुपर्ने र प्रत्येक टिमका खेलाडीहरू एकै जिल्लाका हुनुपर्ने सर्त आयोजकले अगाडी सारेको संयोजक मल्लले बताए । प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख सहित मेडल, ट्रफी तथा प्रमाणपत्र, दोस्रो पुरस्कार नगद पचास हजार सहित मेडल, ट्रफी तथा प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा स्याङ्जा, पाल्पा, कास्की र रुपन्देही जिल्लाका पुर्व राष्ट्रिय खेलाडीहरु सहितको सहभागी रहेने आयोजकले जनाएको छ ।

कार्यक्रममा एन्फा पुर्व केन्द्रीय सदस्य एलवि ज्वारचन, फुटवलका जिल्ला प्रशिक्षक दिलिप थापाको पत्रकार सम्मेलनमा सहभागी भएको थियो । पौष २९ गतेबाट शुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिकाक सभापति भोजराज अर्यालले गर्ने कार्यक्रमतय भएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया