हरिनास गाउँपालिका अख्तियारको घेराबन्दीमा
स्याङ्जा ।
गाउँपालिकाले अबैध रुपमा राष्ट्रिय बन क्षेत्रमा ढुङ्गा संकलन गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । स्याङ्जाको हरिनास गाउँपालिका ५ स्थित कुरुङ्खा भन्ने स्थानमा राष्ट्रिय बन क्षेत्रमा गाउँपालिकाले डोजर लगायतका सवारी साधन प्रयोग गरी ढुङ्गा संकलन गरिएको बिषयमा अख्तियारको कार्यालय पोखरा उजुरी परेको हो । डिभिजन वन कार्यालय स्याङ्जाको कार्यक्षेत्र भित्र रहेको राष्ट्रिय वनक्षेत्रमा आयोजनाको नाममा गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले डोजर लगायतका सावरीसाधन प्रयोग गरी ढुङ्गा संकलन गरेको खुलेको छ ।
बेला—बेलामा विवादमा पर्दै आएको गाउँपालिका यो पटक अबैध रुपमा ढुङ्गा संकलनको गम्भीर आरोप सहित अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय पोखरामा उजुरी परेको छ । अख्तियारको कार्यालयले गाउँपालिकालाई राष्ट्रिय वनक्षेत्रमा संकलन गरिएको ढुङ्गा संकलनका बारेमा पत्र काटेर जवाफ माग गरेको बताइएको छ । यस बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई टेलिफोन गरेर बुझ्न खोज्दा फोन उठाएनन् ।
यसभन्दा अगाडी राष्ट्रिय वनक्षेत्रमा पालिकाले ढुङ्गा संकलन गरिरहेको उजुरी डिभिजन वन कार्यालयमा परेको थियो । वन कार्यालयले समेत अनुगमन गरी यस बिषयमा अनुसन्धान गरिरहेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित डिभिजन वन कार्यालयका कर्मचारी सहितको टोलीले अनुगमन गरेको जनाएको छ । सडक फराकिलो बनाउन पालिकाले योजना छुट्टाएको र उपभोक्ता समिति मार्फत काम गरेको पालिकाले दावी गरेको छ । तर उक्त योजना सम्झौता समेत नगरी गाउँपालिकाका अध्यक्ष मानन्धरले डोजर प्रयोग गरी ढुङ्गा संकलन गरेका थिए । गाउँपालिकाकै अध्यक्षको लापरवाहीका कारण अबैध रुपमा ढुङ्गा संकलन गरिएको स्थानीयले आरोप लगाएका छन् ।
सरकारी ट्याक्टरको समेत दुरुपयोग गरेको आरोप गाउँपालिकाका अध्यक्ष मान्धरलाई लागेको छ ।
उपभोक्त समितिबाट वा ठेक्कमा हुने विकासे आयोजनामा पालिकाको ट्याक्टर प्रयोग गरी चरम दुरुपयोग गरेको स्थानीयले जनाएका छन् । ट्याक्टरको भाडा समेत नउठाई राजस्वमा समेत चुहावट गरेको आरोप उनलाई लागेको छ । उपभोक्ता मार्फत सडक फराकिलो बनाउने काम गरिएको पालिकाले दावी गरेपनि वडा कार्यालयलाई भने यो बिषयमा थाहा नभएको बताइएको छ । अहिले अख्तियारले डिभिजन वन कार्यालयलाई पत्र पठाएको र वन कार्यालयले पालिका र वडा कार्यालयलाई पठाएको पत्र अनुसार छुट्टाछुट्टै पत्र काटेको बुझिएको छ ।


प्रतिक्रिया