आर्थिक एजेण्डा आवश्यक : अध्यक्ष ढकाल

वालिङ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि आर्थिक एजेण्डा अगाडी सानुपर्ने आवश्यक रहेको बताएका छन् । बुधवार स्याङ्जाको वालिङमा नवौ वालिङ महोत्सवको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष ढकालले मुलुक निर्वाचनमा गइरहेकाले राजनीतिकदलहरुले आफ्ना घोषणपत्रमा आर्थिक एजेण्डा अगाडी सानुपर्ने बताएका हुन् । राजनीतिकदलहरु र सरकारले नीजि क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने धारणा राख्दै ढकालले नीजि क्षेत्रमो समृद्धि विना मुलुकको विकास असम्भव रहेको बताए । नीजि क्षेत्रको समस्याका बिषयमा राजनीतिकदलहरुलाई घोषणपत्रमा राख्न दवाव दिनुपर्ने समेत उनले बताए ।

देशभर उद्योग वाणिज्य संघहरुले संचालन गरेका मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गरेको ढकालले बताए । स्याङ्जा सुन्तला र आलुको पकेट जिल्ला भएकाले शितभण्डारमा सहयोग गर्न उद्योग महासंघ तयार रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकाल, वालिङ नगरप्रमुख कृष्ण खांण, निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांण, जिल्ला नगर उद्योग वाणिज्य संघतर्फबाट पोखरा उद्योग वाणिज्यका अध्यक्ष गोर्कण कार्की, वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा महोत्सवका निर्देशक शोभाकान्त पौडेल, पत्रकार प्रकाश डुम्रेलगायतले महोत्सवले स्थानीय उत्पादनलाई प्राथामिकता दिँदै नवप्रतिभाहरु उजागर गर्दै यहाँका पर्यटकीय स्थलहरुको प्रर्वद्धनमा महोत्सवले जोड दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले महोत्सवको बारेमा जानकारी गराउँदै वालिङ महोत्सव यहाँको पहिचानसंग जोडिएको भन्दै महोत्सव यहाँका स्थानीयहरुको एक उत्सव भएको बताए । कार्यक्रम संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, धन्यवाद उपाध्यक्ष खगेन्द्र प्रसाद अर्याल र संचालन महासचिव रमेश अर्यालले गरेका थिए ।

महोत्सवको पहिलो उद्घाटनका दिन यहाँका आमा समूह, टोल विकास संस्था, विभिन्न जातिय संघसंगठन, व्यवसायिक संघसंगठन, विद्यालय, धार्मिक संघसंगठनहरुले आ–आफ्ना झाँकीसहितको ¥याली प्रर्दशन गरेका थिए ।

 

प्रतिक्रिया