काँग्रेसलाई जिताउन गाउँ फर्कनुहोस : उपसभापति तिवारी

स्याङ्जा ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसलाई जिताउन गाउँ फर्किन आग्रह गरेकी छन् । स्याङ्जा घर भएर काठमाण्डौमा बस्दै आएका स्याङ्जावासीसगँ काँग्रेसका उम्मेदवारको भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै उपसभापति तिवारीले बिषम परिस्थितमा हुन लागेको संघिय निर्वाचनमा काँग्रेसलाई बिजयी बनाउन गाउँ फर्किन आग्रह गरेकी हुन् । नेपालको विभिन्न आन्दोलनमा काँग्रेसले खेलेको भुमिकाको चर्चा गर्दै उपसभापति तिवारीले हरेक संकटमा काँग्रेसले नेतृत्व र समाधान गर्दै आएको चर्चा गरिन् ।

यो बेलापनि मुलुक अत्यन्तै संकटमा रहेको उल्लेख गर्दै बलिएको काँग्रेसले देश बदल्छ भन्ने नारा बोकेर गाउँ फर्किन उपसभापति तिवारीले आग्रह गरिन् । यो पटक नेपाली काँग्रेसले जसरी पनि बिजयी हाँसिल गर्नुपर्ने जिकिर गर्दै उपसभापति तिवारीले आफ्नो मात्रै मतदान नभएर अन्य छिमेकीलाई पनि काँग्रेसलाई मत माग्न आग्रह गरिन् ।

कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापा, स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेदवार भरतराज ढकाल, क्षेत्र नम्बर २ का उम्मेदवार भागवतप्रकाश मल्ल लगायतका बक्ताहरुले काँग्रेसले यो मुलुकका लागि गरेको योगदानको चर्चा गर्दै फागुन २१ गतेपछि देशभर काँग्रेसको बिजयीको लहर ल्याउने गरी लाग्न आग्रह गरेका थिए ।

प्रतिक्रिया