स्याङ्जामा डढेलो लगाउने पक्राउ

वालिङ ।
सुख्खा मौसमको समयमा सबैभन्दा बढी चुनौती आइपर्ने डढेलो प्रकोप हो । हरेक भिरपाखा देखी वनजंगलमा आगो लगाएर हरेक बर्ष ठुलो स्याङ्जाले नोक्सानी व्यहोर्दै आएको छ । वनजंगलमा आगो लगाउने व्याक्तिको गोप्य सुचना दिने मानिसलाई पुरस्कार दिने घोषणा गरपनि डढेलो लगाउने पत्ता लगाउन सुरक्षा निकाय देखी डिभिजन वन कार्यालयलाई समेत चुनौती बन्दै आएको थियो ।

चुनौतीका विच जिल्ला प्रहरी कार्यालय स्याङ्जाले डढेलो लगाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पौष २० गते वालिङ १४ स्थित हिमशिखर सामुदायिक वनमा आगो लगाएको सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गर्न सफल भएको हो । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले वालिङ १४ का १९ बर्षिय आसिक कुँवर र सोही ठाउँका २० बर्षिय सुदिप कुँवरलाई डढेलो लगाएको आरोपमा नियन्त्रणमा लिएर आवश्यक कारवाही पक्रिया अगाडी बढाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुख्खा मौसमा आगालागीबाट हुन सक्ने क्षतीप्रति सबै नागरिक चनाखो बन्न डिभिजन वन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । वनमा आगो लगाउनु अपराध मानिने हुँदा अपराधिक क्रियाकलापबाट जोगिन सबैमा वन कार्यालयले आग्रह गर्दै आएको छ ।

 

प्रतिक्रिया