चिलाउनेवासमा प्रहरी चौकी उदघाटन

भवानी अधिकारी,
स्याङ्जा ।
आँधीखोला गाउँपालिका २ चिलाउनेवास स्थित प्रहरी चौकी भवनको उदघाटन गरिएको छ । भवनको उदघाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले आमनागरिकको धनजनको शान्ति सुरक्षाको लागि प्रहरीले दिनरात खटिरहेको बताए । मौजुदा ऐन, नियम, कानूनमा रहेर प्रहरीले शान्ति सुरक्षा र सुब्यवस्थामा खट्ने जनाउदैे उहाले यस्ता अभियानमा आमनागरिकको पनि साथ र सहयोग आवश्यक पर्ने बताए ।
प्रहरी प्रमुख जोशीले चौकीका लागि आवश्यक दरबन्दी लगायतका बिषयमा आवश्यक सहयोग गर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी उपरीक्षक राजिबबहादुर बस्नेत, प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल, प्राबिधिक प्रनाउ इन्जिनियर केबिनजंग थापा लगायतले प्रहरी चौकी स्थापनासंगै यहाको शान्ति सुब्यवस्थामा सुरक्षाकर्मी र आमनागरिकबीच सहकार्यको आवश्यकता औल्याए ।
गण्डकी प्रदेश सरकारबाट बिनियोजित २ करोड ४ लाखको लागतमा ११ आना क्षेत्रफलमा निर्मित भवन ३ तले र १२ कोठाका छन । भवनसंगै छुट्टै शौचालय र भान्छाघर पनि निर्माण गरिएको छ । भूकम्प रहित सुबिधासम्पन्न सो भवन सिद्धवावा निर्माण सेवा कम्पनीले निर्माण गरेको हो । यसैबीच, सोही कार्यक्रममा जग्गादाताद्धय अम्बिका पौडेल र अमृता गुरुङ र भवन निर्माणमा पहल गरेको भन्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिरकुमार पौडेललाई दोसल्ला सहित सम्मान गरिएको छ ।
प्रतिक्रिया