हावाहुरीले स्याङ्जामा करोडौको क्षती

वालिङ ।
जेठ ५ गते शनिवार साझ आएको हावाहुरीले स्याङ्जाका विभिन्न पालिकामा ठुलो क्षती पु¥याएको छ । हावाहुरीका कारण भौतीक संरचना देखी कृषि उपजमा करोडौको क्षती पुगेको अनुमान जिल्ला प्रशासन कार्यालय स्याङ्जाले लगाएको छ । हावाहुरीबाट भएको क्षतीको विवरण संकलन र आउनेक्रम जारी रहेको सहयाक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । हावाहुरीले नागरिकका घरका छाना देखी कृषि उपजहरुमा ठुलो क्षती पुगेको विवरण आइरहेको र आउने क्रम जारी रहेकाले क्षतीको एकिन गर्न नसकिएको सप्रजिअ पौडेलले बताए ।
पश्चिम गल्याङ्का ८, ९ र १० वडामा हावा हुुरीका कारण ४८ घरमा क्षेती पु¥याएको गल्याङ नगरपालिकाले जनाएको छ । हावाहुरीले घरहरुको छानो, जस्तापाता समेत उडाएको छ भने १७ वटा गोठ र १ विद्यालयमा समेत क्षेती पुगेको गल्याङ नगरपालिकाले जनाएको छ ।

जसमध्ये ७ वटा घर पुर्ण रुपमा क्षेती भएका छन् । आगालागी र लामो समय सम्म परेको खडेरीका कारण चरम समस्यामा परेका स्थानीयलाई बर्खा सुुरु भएसंगै आएको हावा हुरीले थप समस्या सिर्जना गरेको छ । हावाहुुरीले विद्युतका पोलहरु ढलाएका कारण चापाकोट, बेल्चौर, पाल्पाको रामपुर र हुगी लगायतका क्षेत्रमा बिद्युत सेवा समेत अवरुद्ध भएको छ । चापाकोट र पाल्पा रामपुर लगायतका क्षेत्रमा विद्युत सुचारु भएको भएपनि आँधीखोला गाउँपालिकाका केही वडाहरु र गल्याङ्का केही वडाहरुमा विद्युत सेवा सुचारु हुन अझ केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

हावा हुुरीले पोल ढलाउदा १५ लाख बरावरको क्षेती भएको बुटवल पावर कम्पनी गल्याङ बितरण शाखाले जनाएको छ । अहिले सम्मकै ठुलो हुरीबतास आएको स्थानीयले बताएका छन् । हुरीबताले धन्न बाच्न सफल भएको उनीहरुको भनाई छ ।
जिल्लाका विभिन्न पालिकामा हावाहुरीले भौतिक संरचना सहित कृषि उपजमा समेत क्षती पु¥याएको खबरहरु प्राप्त भएसगै प्रहरीलाई क्षतीको विवरण संकलन गर्न निर्देशन दिएको सप्रजिअ पौडेलले बताए । कृषि उपजमा भएको क्षतीको विवरण संकलन गर्न जिल्ला कृषि ज्ञान केन्द्रलाई निर्देशन दिएको प्रशासनले जनाएको छ । कहाँ र कुन पालिकामा कति क्षती पुगेको छ भन्ने विवरण आउन केही दिन लाग्ने प्रशासनले जनाएको छ । मानविय क्षती हुनबाट बचेपनि भौतिक र कृषि उव्जनीमा भने हावा हुुरीले करोर्डाको क्षेती पुगेको अनुमान लगाइएको छ ।

प्रतिक्रिया