सडकका खाल्डाखुल्डी आफैँ पुर्दै ट्राफिक प्रहरी
भीरकोट ।
सिद्धार्थ राजमार्गको राम्दी देखि कुभिण्डे सडक खण्डमा ट्राफिक प्रहरी आफैले सडक मर्मत गरेको छ । बिहीबार र शुक्रबार गरी जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रहरी नायव निरीक्षक भुपेन्द्र गौलीको कमाण्डमा खटिएको १० जनाको टोलीले गल्याङ र भीरकोट नगरपालिका अन्तर्गतको सडक खण्डमा रहेका खाल्डाखुल्डीहरू पुरेको हो । उक्त स्थानहरुमा सडक पुरानो र जीर्ण बन्दै गएको थियो । यस कार्यले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने र आवागमन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया