सशस्त्र प्रहरीको युनिट स्थापना दिवसमा सरसफाई
स्याङ्जा ।
सशस्त्र प्रहरी स्थापनाको २५औं बर्ष पुगेको अवसरसगै ३० नम्बर गुल्म वालिङले सरसफाई कार्यक्रम गरेको छ । ८औं युनिट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्मको स्थापनालाई समेत जोडेर स्याङ्जाको एतिहासिक धार्मिक स्थल गह्रौसुरमा सरसफाई गरेको हो । सशस्त्र प्रहरी वालिङले प्रत्येक बर्ष युनिटको स्थापना दिवसको अवसर पारेर विभिन्न रचनात्मक काम गर्दै आएको छ । यो बर्ष जिल्लाकै एतिहहासिक धार्मिक स्थल पुगेर मन्दिर परिषर सरसफाई सम्पन्न गरिएको सशस्त्र प्रहरी निरीक्षक देबबहादुर मल्लले जानकारी दिए ।
हरेक प्राकृतिक विपत्ति सगै नागरिकलाई परेको अफठ्यारोमा सारथीको भुमिका खेल्दै आएको सशस्त्र प्रहरी वालिङ, स्याङ्जाले यो स्थापना दिवसको अवसरमा यो पटक धार्मिक क्षेत्रहरु सरसफाई अभियानलाई केन्द्रीत गरेको प्रहरी निरीक्षक मल्लले बताए । धार्मिक पर्यटनसगै मन्दिर परिषरको वातावरणलाई स्वच्छ बनाउन यो अभियानले महत्वपुर्ण भुमिका खेल्ने आयोजकको दावी छ । सशस्त्र प्रहरी नागरिकको नजिकको सहयोगी संगठन भएको बताउदै वालिङ १० का वडा अध्यक्ष सुनिल खनालले धार्मिक स्थल पुगेर सरसफाई गरेकोमा प्रशंसा गरे ।
सशस्त्र प्रहरी निरीक्षक देवबहादुर मल्लको नेतृत्वमा गएको टोलीले मन्दिर परिषर सरसफाई गरेको थियो । गतबर्ष स्थापनाकै अवसरमा भीरकोटमा रहेको छाङछङ्दी मन्दिर वरीपरी सरसफाई गरेको थियो ।


प्रतिक्रिया