स्याङ्जा प्रहरी विद्यालय देखी समुदाय केन्द्रीत्

स्याङ्जा ।
प्रहरी नागरिकको सुरक्षाको सारथी हो । प्रहरी छ भनेपछि नागरिकले शान्ति सुरक्षाको भित्रबाटै महशुष गर्ने गर्दछन् । प्रहरीको पहुँच जहाँसम्म पुग्छ त्यस क्षेत्रसम्म कुनैपनि अपराधिक क्रियाकलाप हुदैनन् भन्ने मान्यता रहदै आएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि प्रहरीको आत्मबल खस्किएको बताइरहेका बेला स्याङ्जा प्रहरीले शान्ति सुरक्षामा सक्रियता बढाएको देखिएको छ । स्याङ्जा प्रहरी अहिले स्याङ्जावासी नागरिकको घरदैलो देखि सामुदायीक विद्यालय र संस्थागत विद्यालय पुगेर सचेतना जगाइरहेको छ ।

अपराधिक क्रियाकलापबाट समुदायलाई जोगाइराख्न प्रहरीले विभिन्न कार्यक्रम गर्दै आएको छ । झण्डै १२ बर्षदेखी नेपाल ‘प्रहरीले समुदाय—प्रहरी साझेदारी’ कार्यक्रम संचालन गर्दै आएको छ । यो कार्यक्रम मार्फत प्रहरीले शान्ति सुरक्षामा सक्रियता देखाउदै आएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पनि यही कार्यक्रम मार्फत जिल्लाका गाउँ—टोल देखी विद्यालयस्तर सम्म अन्तरक्रिया, जनचेतनामुल र सूचना आदनप्रदान गर्दै आएको छ । समुदाय र विद्यालयमा पुगेर समाजमा हुनेगरेका अपराधिक क्रियाकलापको बारेमा जानकारी लिने र सचेतना गराउने काम गरेको छ ।

प्रहरीले मंसिर महिनामा गरेको कार्यसम्पादन सार्वजनिक गर्दै ८ हजार ८ सय ७२ जना नागरिकलाई सचेतना कार्यक्रम मार्फत लाभान्वित भएको उल्लेख गरेको छ । अपराधको सम्भावना भएका क्षेत्रको पहिचान गर्ने, पैदल र सवारी गस्ती गर्ने लगायतका काम गरेको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । प्रहरीले नागरिकता, हतियार नविकरणको सेवा प्रवाह सहित प्रहरीको हटलाईनमा ४ सय ८९ नागरिकका टेलिफोनको रेस्पोन्स गरेको र यसबाट ५ सय ५८ जनाले नागरिक सहायता कक्षबाट सेवा लिएको जनाएको छ ।

पिडितका उजुरी दर्ता, अनुसन्धान र कानुनी कारबाहीलाई छिटो, निष्पक्ष र पारदर्शी रुपमा पीडितमैत्री सेवा प्रवाह तथा नियमित अनुगमन–मूल्याङ्कन गर्ने कामलाई सक्रियता दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताए । मंसिर महिनामा कार्यालयबाट अपराध सम्बन्धी ९ वटा मुद्धा दर्ता भएकोमा ६ जना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २२ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको छ भने २१ महिना ३ दिन कैद भुक्तानका लागी उनीहरु कारागार चलान भएका छन् । त्यस्तै जरिवाना असुल गर्न बाँकी रहेकाहरुबाट ५१ लख ७८ हजार १२२ रुपैँया असुल गरिएको विवरणमा उल्लेख गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ ३ वटा मुद्धाहरु दर्ता भएका छन् भने ५ जना मानिस हराएकोमा ४ जना फेला परेका छन् । त्यसै गरी ३ वटा मुद्धा घरेलु हिंसा सम्बन्धी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै ८ वटा ठाडो उजुरीतर्फ निवेदन दिएकोमा ति सबै निवेदनको फछ्यौट भएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत आएका १ उजुरीको पनि फछ्यौट गरिएको प्रहरीले जनाएको छ । गएको महिनामा ३ जना लागूऔषधसहित पक्राउ परेका थिए भने ३ जना पुरुषले आत्महत्या गरेका थिए ।

प्रहरीले नियमित चेकिङ अन्र्तगत पिकेट १७४, चेकिङ २०३, लामो दुरीतर्फ ४ र छोटो दुरीतर्फ ७८३ तथा ग्रामिण गस्ती १२० वटा गरी १ हजार २८४ पटक चेकजाँच गरिएको छ । त्यसैगरी तिव्र गतिका कारण गत महिनामा ३ वटा सामान्य खालका दुर्घटना भएका थिए । चेकजाँचका क्रममा गत महिनामा ९ लाख २४ हजार ५ सय रुपैँया राजस्व संकलन भएको छ । त्यसैगरी प्रहरीले ६ राउण्ड अवैध गोलीगठ्ठा बरामद गरेको थियो भने २० हजारको मुल्यको भन्सार छलिका सामान समेत प्रहरीले बरामद गरेको छ । मंसिर महिनामा ५ वटा आगलागीका घटनाहरु घटेका थिए । त्यस्तै प्राकृतिक सम्पदा दोहन गरेका १० ट्याक्टर र १ ट्रिपरबाट १ लाख ५० हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरीले सार्वजानिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ । अबैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी र दोहनमा स्याङ्जा प्रहरी आक्रमक देखिदै आएको छ । जसले गर्दा नदीजन्य पदार्थबाट राजस्व बृद्धि भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया