स्याङ्जामा खुल्ला क्लबस्तरिय भलिबल प्रतियोगिता हुँदै

धनु गुरुङ,
स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ राम्चेमा कार्तिक शुक्ल पुर्णिामाको अवसरमा शिवजी मेला २०८२ हुने भएको छ । शिवमित्र तमु युवा परिवारको आयोजनामा कार्तिक १५ गतेदेखि २० गतेसम्म मेला आयोजना गर्न लागिएको हो । पाँच दिनसम्म चल्ने मेलामा खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगीता गर्न लागेको क्लबका अध्यक्ष गोपाल गुरुङले बताए ।
प्रतियोगितामा विजेताले नगद एक लाख, उपविजेताले ६० हजार सेमिफाइनलिस्ट टिमले नगर २०÷२० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसबाहेक विभिन्न विधागत तर्फ उत्कृष्ट खेलाडीलाइ नगद ट्रफी र मेडलसहित पुरस्कृत गरिने खेल सयोंजक सोबिन गुरुङले बताए ।
कार्तिक १९ गते कार्तिक शुक्ल पुर्णिामाको दिन शिवजी मन्दिरको दर्शन सगै स्थानिय कला सस्कृतिको प्रदर्शनसगै राष्ट्रियस्तरका चर्चित कलाकारहरुको साथमा बृहत् साँस्कृतिक कार्यक्रम हुनेछ । मेलाको तयारी तिव्र भैरहेको जानकारी दिदै क्लबका सचिब रामचन्द्र गुरुङले सम्पुर्णलाई मेला सफल पार्न आ आफ्नो तर्फबाट साथको लागि अपिल गरे । शिवजी मन्दिरको दर्शनसगै यहाँको क्लवले बार्षिक कार्यक्रम गर्दै आइरहेको छ । यो बर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएको हो ।
प्रतिक्रिया