फोटोग्राफर मञ्च स्याङजाको नेतृत्वमा न्यौपाने

क्रान्ति अर्याल,
गल्याङ ।
स्याङ्जाका विभिन्न स्थानमा रहेर फोटोग्राफी पेशामा संलग्न व्यवसायीहरूलाई एउटै संस्थागत संरचनामा एकत्रित गर्ने उद्देश्यले स्थापना गरिएको फोटोग्राफर मञ्च स्याङजाको दोस्रो साधारण सभा तथा अधिवेशन शनिबार गल्याङमा सम्पन्न भएको छ । अधिवेशनले हिमाल न्यौपानेलाई सर्वसम्मत रूपमा मञ्चको नयाँ अध्यक्षमा चयन गरेको छ । नवगठित १४ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बाबुराम रेग्मी, उपाध्यक्ष शिव भण्डारी, सचिव प्रदीप पाठक, सहसचिव नरेश रोका, कोषाध्यक्ष विक्रम खाण, सहकोषाध्यक्ष विनोद गुरुङ साथै सदस्यहरुमा गीता भट्टराई, केदार मान श्रेष्ठ, कमला लम्साल, विवेक श्रेष्ठ, सन्जोक थापा, रबिन थापा, सुरेश उचाई ठकुरी चयन भएका छन् । त्यस्तै सल्लाहकारमा बाबुराम खनाल, महेन्द्र श्रेष्ठ र निवर्तमान अध्यक्ष बिमल खनाल चयन भएका छन् ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश फोटोग्राफर संघका उपाध्यक्ष तुल्सिराम सुवेदीले फोटोग्राफी व्यवसायलाई कला, पेशा र अभिव्यक्तिको माध्यमका रूपमा सम्मान जनक स्थानमा पु¥याउन संस्थागत एकता अपरिहार्य भएको बताए । उनले स्याङ्जा मञ्चले प्रदेशका अन्य जिल्लाका लागि पनि उदाहरणीय कार्य गर्न सक्ने विश्वास व्यक्त गरे । त्यस्तै गल्याङ नगरपालिका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले फोटोग्राफरहरू समाजका ऐनाका रूपमा काम गर्ने भएकाले स्थानीयतह र फोटो पेशाबीच सहकार्य आवश्यक रहेको बताए । उनले नगरस्तरमा पनि फोटोग्राफरहरूको भूमिकालाई सशक्त बनाउने प्रयास गरिने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा अध्यक्ष बिमल खनालले फोटोग्राफर मञ्च स्याङ्जाको स्थापना फोटो पेशालाई पहिचान दिने र पेशागत हकहित सुरक्षित गर्ने उद्देश्यका लागि भएको बताए । उनले सबै मिलेर मञ्चलाई अझ सशक्त, व्यवस्थित र सबै फोटोग्राफरहरूको साझा घर बनाउने लक्ष्यमा अग्रसर रहेको बताए । त्यसैगरी नव–निर्वाचित अध्यक्ष हिमाल न्यौपानेले जिल्लाभरका फोटोग्राफरहरूलाई संगठित गर्दै पेशागत हकहित, सीप विकास र सशक्तिकरणका पक्षमा मञ्च सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा फोटोग्राफर गण्डकी प्रदेश महासचिव प्रेम पराजुली, गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष अर्जुन रानाभाट, लायन्स क्लब अफ गल्याङका अध्यक्ष दधिराम न्यौपाने, गल्याङ जेसीजका अध्यक्ष ज्ञानेन्द्र पाठक, ब्याडमिन्टन क्लबका अध्यक्ष सुरेश सुवेदी, उद्योग वाणिज्य संघका कोषाध्यक्ष रफि खान लगायतका अतिथिहरूले बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा जिल्लाभरका फोटोग्राफरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन सचिव बाबुराम रेग्मीले गरेका थिए भने निर्वाचन प्रक्रिया तुल्सिराम सुवेदीको संयोजकत्वमा गठित समितिले सम्पन्न गरेको थियो ।
प्रतिक्रिया