पब्लिक आवाजलाई (क) वर्गको मान्यता
स्याङ्जा ।
स्याङ्जाको वालिङबाट १२ बर्षदेखी निरन्तर प्रकाशित हुँदै आएको पब्लिक आवाज साप्ताहिक पत्रिकालाई (क) वर्गको मान्यता दिइएको छ । नेपाल सरकारको नियमन निकाय प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गिकरण÷मुल्याङकनमा पब्लिक आवाजलाई (क) वर्गको मान्यता दिइएको हो । २०७१ साल साउनबाट छायाँक्षेत्र मिडिया प्रा.लि.द्धारा प्रकाशनको प्रारम्भ गरेको पब्लिक आवाज साप्ताहिक पत्रिका दुईबर्ष देखी निरन्तर (क) वर्गमा पर्न सफल भएको छ ।
स्याङ्जा जिल्लालाई कायक्षेत्र बनाएर प्रकाशित गरिएको साप्ताहिक पत्रिका प्रत्येक शुक्रवार प्रकाशित हुँदै आएको छ । स्थानीय समाचारलाई प्रथामिकता दिएर आवाज विहिनहरुको आवाज बन्दै आएको साप्ताहिक पत्रिका जिल्लाकै लोकप्रिय बन्दै आएको छ । पत्रिकालाई पुन (क) वर्गको मान्यता दिएको प्रति छायाँक्षेत्र मिडिया प्रा.लि.का अध्यक्ष श्रीकृष्ण सिग्देलले काउन्सिल र नेपाल सरकार प्रति आभार व्यक्त गरेका छन् । पत्रिकाको मुल्याङ्कनमा (क) वर्गमा पुन बर्गिकरण हुनुले अझै नागरिकको आवाज र स्वतन्त्र पत्रकारिताको जिम्मेवारी बढेको अध्यक्ष सिग्देलले बताए ।
छायाँक्षेत्र मिडिया प्रा.लि.ले पत्रिकालाई अझै प्रदेश स्तरको बनाउने अगाडी बढेको जनाएको छ । लुकेका र लुकाइएका खबरहरुलाई अझै उच्च जिम्मेवारी ठानेर पत्रिकालाई अगाडी बढाउने पत्रिकाका सम्पादक अमृत अर्यालले बताए । जिल्लाका मुख्य शहरलाई मात्रै पत्रिकाको वितरण प्रणालीलाई अझै फराकिलो बनाउदै गाउँ—गाउँमा पनि पत्रिका पढ्न पाउने वातावरण बनाउने तयारी थालिएको अर्यालले बताए ।


प्रतिक्रिया