निर्वाचन नजिकिदै जाँदा काँग्रेसमा प्रवेशको लहर
वालिङ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरु र उम्मेदवारहरुले रणनीतिक योजना सहित भेटघाटलाई तिब्रता दिएका छन् । दुई क्षेत्र रहेको स्याङ्जामा स्वतन्त्र सहित २४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । सबर्वजनिक कार्यक्रम गर्न नपाइने समयमा पनि राजनीतिकदलहरु र उम्मेदवारहरुले मतदाताको गुनासो सुन्ने, भेटघाट गर्ने साथै गुनासो, सुझावलाई आफ्ना घोषणापत्रमा उल्लेख गर्नेगरी लागेका छन् ।
यसैक्रममा स्याङ्जामा पुराना एमालेका नेताहरु देखी स्वतन्त्र बसेका युवाहरु काँग्रेसका प्रवेश गर्ने लहरनै चलेको छ । बदलिएको काँग्रेस र अब बदल्छौ देश भन्ने उदघोषका साथ मतदाता भेटघाटमा लागेको काँग्रेसमा युवाहरु प्रवेशले स्याङ्जामा २०७९ को बिरासत जोगिने विश्वास गरिएको छ । चापाकोट नगरपालिका र आँधीखोला गाउँपालिकामा काँग्रेसमा प्रवेश गर्नेको लहनै चलेको स्याङ्जा काँग्रेसका प्रवक्ता भरत लम्सालले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार चापाकोट नगरपालिकामा एमालेका तर्फबाट चापाकोट नगरमा वडा सदस्य निर्वाचित भएका देखि लामो समय कम्युनिष्ट राजनीति गरेका नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । निर्वाचित वडा सदस्य सन्तोष थापा, वडा सदस्यका उम्मेदवार बावुराम तिवारी र २०४८ सालदेखी एमालेको राजनीति गर्दै आएका एकदेव तिवारी सहित दर्जनौ युवाहरु काँग्रेसमा प्रवेश गरेको प्रवक्ता लम्सालले बताए । उनीहरुलाई नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्वर २ का उम्मेदवार भागवतप्रकाश मल्ल, नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले, गण्डकी प्रदेश सांसद महेश भट्टराई, चापाकोट नगर प्रमुख देबबहादुर खाँण (इश्वरं), युवा नेता शेषकान्त पुरी लगायतका नेताहरुले फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
यता स्याङ्जा क्षेत्र नम्वर १ को आँधीखोला गाउँपालिकामा पनि दर्जनौ युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापा, गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, काँग्रेसका उम्मेदवार भरतराज ढकालले फुलमालाले स्वागत गरी पार्टीमा प्रवेश गराएको प्रवक्ता लम्सालले बताए । पार्टी प्रवेश गर्ने पालिका दुर्व क्षेत्रका उम्मेदवारको गृह पालिका हो । आँधीखोला गाउँपालिका ढकालको र चापाकोट नगरपालिका मल्लको गृह पालिका रहेकाले पनि काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको काँग्रेसले जनाएको छ ।
यसैगरी नेकपा एमालेले पनि दुवै क्षेत्र फर्काउनेगरी चुनावी प्रतिस्पधामा लागेको छ भने दुवैदललाई रोकेर निर्वाचनमा जितिने राष्ट्रिय स्वतन्त्र पाटीृका उम्मेदवारहरु लागेका छन् । दुई ठुलादल काँग्रेस एमालेका मत रास्वपाले काट्ने र नेपाली कम्युनिष्ट पार्टीले जित्ने दाउमा नेकपामा उम्मेदवार लागेका छन् । निर्वाचन आयोगको आचारसंहिता फागुन ४ गतेसम्म रहेको र ४ गतेपछि खुला चुनावी प्रतिस्पर्धा गर्न पाउने भएपछि मात्रै मतदाताको महोल कता जानेछ त्यसपछि मात्रै चुनावको आकलन गर्न सकिने नागरिक अगुवाहरु बताउछन् ।


प्रतिक्रिया