स्याङ्जामा काँग्रेसका उम्मेदवारलाई समर्थन जुट्दै

वालिङ /
गतसाता स्याङ्जा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनोज नेपालीले काँग्रेसका उम्मेदवार भरतराज ढकाललाई समर्थन गरेको खबर बाहिर आयो । उम्मेदवार नै काँग्रेसलाई समर्थन गर्दै आउन थालेपछि निर्वाचन जित्न सहज बन्दै गएका बेला स्याङ्जा क्षेत्र नम्बर २ मा पनि जय मातृभूमि पार्टीबाट उम्मेदवार बनेका कर्नेल धनबहादुर थापाले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ललाई समर्थन गरेको घोषणा गरेका छन् ।

उम्मेदवार थापाले अहिलेको निर्वाचन सामान्य नभएको भन्दै गम्भीर रूपमा लाग्नु आवश्यक रहेको बताए । आफू उम्मेदवार रहँदा देशलाई आवश्यक पर्ने पार्टीको मत टुक्रिने खतरा देखिएकाले युवा नेता मल्ललाई सघाउने निर्णय गरेको बताए । १० ओटा राजनीतिकदल र २ स्वतन्त्र उम्मेदवारी सहित १२ जना चुनावी मैदानमा छन् । जय मातृभुमी पार्टीबाट उम्मेदवारी दिएका थापाले अरु राजनीतिकदल नरोजेर काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेका थिए । थापाले वर्तमान चुनावले देशमा स्थिरता ल्याउनुपर्ने अवस्थामा रहेको भन्दै कांग्रेसले मात्र देशको अवस्थालाई सुधार गर्न सक्षम रहेकोले काँग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको बताए ।

देश विषम परिस्थितिमा छ। यसबाट पार लगाउन कांग्रेसको नेतृत्व अपरिहार्य छ, त्यसैले साथीहरूसँग सल्लाह गरेर समर्थन गर्ने निर्णय गरेको जय मातृभूमि पार्टीका संस्थापक लक्ष्मीकान्त पाण्डेले जानकारी दिए । नेपाल, भारत तथा अन्य देशबाट सेवानिवृत्त आर्मी, प्रहरी र अन्यले मिलेर जय मातृभुमी पार्टी स्थापना गरेका बताए । थापाले सल्लाह गरेर मात्रै कांग्रेसका मल्ललाई समर्थन गर्ने निर्णय गरेको उनले बताए ।

स्याङ्जा क्षेत्र नं. २ मा मात्र पाँच हजारभन्दा बढी जय मातृभूमि पार्टीका शुभेच्छुक रहेको थापाले जानकारी दिए । सबैजनाले कांग्रेसका मल्ललाई समर्थन गर्दै रुख चिन्हमा मतदान गर्ने प्रतिवद्धता जनाए । यस क्षेत्रमा प्रभाव राख्ने जनजाति उम्मेदवार थापाले नै कांग्रेसका मल्ललाई समर्थन गरेपछि कांग्रेसलाई सहज भएको स्याङ्जा क्षेत्र नं. २ का सभापति दिलिपप्रताप खाँणले बताए । थापाको समर्थनले हामीलाई अझ उत्साहित बनाएको खाँणले बताए । जय मातृभुमी पार्टीले काँग्रेसलाई समर्थन गरेको बिषयलाई आफुलाई चुनावी बिजयी नजिक बनाएको काँग्रेस उम्मेदवार मल्ले बताए ।

यसैक्रममा वालिङका मुसलमान समुदाय पनि काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई काँग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ल, स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले, स्याङ्जा क्षेत्र नम्बर २ का कार्यबहाक सभापति अर्जुनप्रसाद खनाल, वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले फुलमाला अविर लगाएर स्वगत गरेका थिए । बिहिवार उम्मेदवार मल्ले वालिङ बजारमा घरदैलो सम्पन्न गरेका छन् । उनले निर्वाचित भएपछि गर्ने विकास निर्माणका काम गर्छु भन्दा पनि नागरिक र मतदाताको गुनासो सुनिरहेको मल्लले बताए । मतदाताको गुनासोलाई संसद पु¥याउने काम आफुले गर्ने बताए ।

 

प्रतिक्रिया