काँग्रेसका मल्लले बुझाए चुनावी खर्च
वालिङ ।
स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका भागवत प्रकाश मल्लले चुनावी खर्च आयोगमा बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय मार्फत निर्वाचन प्रतिनिधि अर्जुनप्रसाद खनालले मल्लको चुनावी खर्च बुझाएका हुन् । निर्वाचन सम्पन्न भई मतगणना सकिएको दिनदेखि ३५ दिनभित्र चुनावी खर्च सार्वजनिक र आयोगमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार मल्लले बिहिवार कार्यालयमा खर्चको विवरण बुझाएका हुन् ।
प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा ७२ अनुसार आयोगले स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवारले २९ लाखसम्म खर्च गर्न पाउने स्वीकृति दिएको थियो । जस अनुसार मल्लले १० लाख ४० हजार १५ रुपैयाँ खर्च भएको विवरण पेश गरेका थिए । मनोनयन खर्च देखि प्रचारप्रसार, इन्धन, सम्पर्क कार्यालय, संचार लगायतमा खर्च भएको उल्लेख गरिएको छ । स्याङ्जाका २४ जना उम्मेदवार मध्ये चुनावी खर्च विवरण सार्वजनिक र पेश गर्ने मल्लनै पहिलो भएको बताइएको छ ।


प्रतिक्रिया