बौद्धिक अपाङ्ग महिलालाई जजकगर्ने दुइजना पक्राउ

स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आँधीखोला गाउँपालिका स्थित आफ्नै घरमा बसेकी एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । बौद्धिक अपाङ्ग ३२ बर्षकी महिलालाई सामुहिक करणी गरेको अभियोगमा प्रहरीले दुई युवालाई पक्राउ गरेको हो ।

 

प्रहरीले पुतलीबजार ८ का २५ बर्षिय सुवास गुरुङ् र २७ बर्षिय मदन गुरुङ्लाई पक्राउ गरी अनुसनधान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरिक्षक पावल सिंह लामाले जानकारी दिए । परिवारले किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता लामाले बताए । जवरजस्ती करणीको शिकार बनेकी महिलाको नाम ठेगाना भने प्रहरीले गोप्य राखेको । जिल्ला अदालतबाट म्याद थप लिएर दुवै अभियुक्त माथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया