बिरुवा गाउँपालिकाको सेवा वडामा

स्याङ्जा ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले घुम्ति शिविर मार्फत नागरिकलाई सेवा प्रदान गरेको छ । एकैठाउँबाट नागरिकले विभिन्न सेवा लिन सकुन भन्ने उदेश्यले गाउँपालिकाले एकिकृत घुम्ति शिविर आयोजना गरेको हो । पालिकामा पुगेर लिनुपर्ने सेवा वडातहमा लिन पाइएपछि स्थानीय खुशी भएका छन् । एकिकृत घुम्ति शिविर बिरुवा गाउँपालिका ७ मा सम्पन्न भएको छ । यो आर्थिक बर्षको पहिलो पटक सम्पन्न भएको घुम्ति शिविरबाट १ सय ३ जना स्थानीय लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिए ।

एकिकृत घुम्ति शिविरमा पंजिकरण सेवा, राजस्व संकलन, प्राविधिक तथा योजना सम्झौता सेवा, कृषि, पशु, स्वास्थ्य, मनोसामाजिक परामर्श र जेष्ठ नागरिक परिचयपत्र सेवा उपलब्ध थिए । ३ जनाले नागरिकता सिफारीस, २९ जनाबाट राजस्व संकलन, २ योजना सम्झौता, ७ जनाले कृषि, २२ जनाले पशुसेवा, ९३ जनाले स्वास्थ्य, २७ जनाले आर्युवेद, २५ जनाले मनोसामाजिक परामर्श र १ जनाले जेष्ठ नागरिक परिचयपत्र सेवा लिएको अधिकृत उपाध्यायले बताए ।

एकिकृत घुम्ति शिविरको उदघाटन समारोहमा गाउँपालिकाका अध्यक्ष सुर्य कुँवर, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, वडा नं. ६ का कार्यबहाक अध्यक्ष श्रीकुमार थापा, बिरुवा प्रहरी चौकीका प्रमुख बिष्णुप्रसाद खनाल लगायतका बक्ताहरुले घुम्ति शिविरले सबै सेवा नागरिकले पाउन सक्ने बिषयको चर्चा गरेका थिए । वडा नम्बर ७ का अध्यक्ष मेख बहादुर गुरुङ्को अध्यक्षतामा शिविर सम्पन्न भएको थियो ।

प्रतिक्रिया