क्यान्सर रोकथाम अभियानमा वालिङ
वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा निराकरण गर्ने उद्देश्यका साथ एचपिभी खोप अभियान संचालन गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका ५९ वटा सामुदायिक विद्यालय र १२ वटा संस्थागत (निजी) विद्यालय गरी कुल ७१ वटा विद्यालयका कक्षा ६ मा अध्ययनरत ४ सय १० जना छात्राहरूलाई यो खोप प्रदान गरिएको स्वास्थ्य शाखाप्रमुख कमलपाण्डेले बताए । यो क्रम अझ केही विद्यालयमा लगाउन बाँकी रहेकाले शुक्रवार मात्रै पहिलो चरणको अभियान सकिने पाण्डेको भनाई छ ।


प्रतिक्रिया