देउवा समुह नेपाली कांग्रेस बिरुवा गाउँपालिकाकाको सभापतिमा गणेशमान राना निर्वाचित

स्याङ्जा ।
देउवा समुह नेपाली कांग्रेस बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार) को सभापतित्वमा १५ सदस्यीय गाउँ कार्यसमिति, ८ वटै वडामा वडा सभापति र कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरुको निर्विरोध निर्वाचित गरेको छ ।
बिरुवा गाउँपालिकाको उपसभापतिमा प्रजातन्त्र सेनानी छबिलाल राना, सचिवमा सर्वजित रानालाई सर्वसम्मत निर्वाचित गर्नुका साथै वडा न १ को सभापतिमा वरिष्ठ समाजसेवी तथा प्रजातन्त्र सेनानी तारापती पोखरेल, २ मा बमबहादुर राना, ३ मा सूचना थापा ,४ मा मधु गुरुङ , ५ मा चन्द्र प्रकाश केसी , ६ मा सुर्य नारायण मानन्धर , ७ मा छौबहादुर गुरुङ र ८ मा कोपिला बिक निर्वाचित भएका छन् ।

सो अधिवेशनले बिरुवा गाउँपालिकाको तर्फबाट प्रदेश ,क्षेत्र र जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन पनि गरेको छ ।
अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ थिए भने विशेष अतिथिहरुमा जिल्ला संयोजक इन्द्रबहादुर गोदार, पुर्व कार्यबाहक सभापति बुद्धि बहादुर राना (कुमार), नेपाली कांग्रेसका युवा नेता एवं वरिष्ठ पत्रकार इन्द्र रिजाल, क्षेत्र न. १ का संयोजक नरेन्द्र शर्मा मरासिनी र नेपाल तरुण दलका केन्द्रीय सदस्य पशुपति पोखरेलको उपस्थित थिए । अधिवेशनमा करिब डेढ सय कृयाशील सदस्यहरुको प्रत्यक्ष एवं भर्चुअल उपस्थित थियो ।

प्रतिक्रिया