अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाद्वारा गाउँपालिका सभापति कारबाहीमा

स्याङ्जा ।

पार्टीको अनुशासनविपरीत गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पार्टी सभापति कमलकान्त अर्याललाई कारबाही गरेको छ। पार्टीको नीति, निर्देशन र अनुशासनविपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको हो। पार्टी केन्द्रबाट प्राप्त परिपत्रअनुसार कारबाही प्रक्रिया अघि बढाइएको रास्वपा स्याङ्जाका जिल्ला सभापति रूक्मागत भण्डारी ‘विश्वास’ले पुष्टि गरेका छन्।

जिल्ला सभापति भण्डारीका अनुसार पार्टी केन्द्रको निर्देशनअनुसार अर्यालमाथि कारबाही गरिएको हो। पार्टी अनुशासन कायम राख्ने उद्देश्यले केन्द्रको निर्णय कार्यान्वयन गरिएको जनाइएको छ। यद्यपि, अर्यालमाथि लगाइएको आरोपको विस्तृत विवरण र कारबाहीको प्रकृतिबारे भने थप जानकारी सार्वजनिक भएको छैन।

प्रतिक्रिया