कालाभैरब माविका दृष्टिबिहिन विद्यार्थीलाई न्यानो कपडा वितरण

क्रान्ति अर्याल,
गल्याङ ।
सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोग तथा अपाङ्ग समाज स्याङ्जाको आयोजनामा दृष्टिबिहिन बालबालिकालाई न्यानो कपडा र सरसफाई सामाग्री वितरण गरिएको छ । शुक्रबार फेदीखोला गाउँपालिका वडा नं.२ मा रहेको कालाभैरव माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
कालाभैरव मा. वि.का दृष्टिवहिन बालबालिकाको लागि स्थापना भएको विशेष स्रोत कक्षामा अध्ययनरत सात जना विद्यार्थीहरुको लागि उक्त सामाग्री वितरण गरिएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिए ।
कार्यक्रममा बालबालिकालाई न्यानो कपडा, साबुन, ब्रस, र अन्य सरसफाई सामग्री प्रदान गरिएको थियो । आयोजकले यस प्रकारको सहयोगले बालबालिकाको स्वास्थ्य सुधारमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
अपाङ्ग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अभिलाष गुरुङ, सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल, अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष युवराज पराजुली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया