भविष्यको हरियालीका लागि लायन्सको वृक्षारोपण
भीरकोट ।
लायन्स क्लब अफ भीरकोटर दहथुम प्रहरी चौकीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बिहिबार भीरकोट १ स्थित नगर अस्पताल परिसरमा आयोजित उक्त कार्यक्रममा फलफूल र विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका छन्। वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा चाप, कल्की, धुपी, बेलपत्र, गुलाफ, नीमलगायत विभिन्न बिरुवा रोपिएको क्लबले जानकारी दिएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम अन्तर्गत रहेको लायन्स क्लव अफ भीरकोटले विगतदेखि नै रचनात्मक काम गर्दै आइरहेको छ । वृक्षारोपाण गर्न क्लबका अध्यक्ष चिन्तामणी चापागाई, पूर्वअध्यक्ष यामप्रसाद अधिकारी र ढाकाराम खनाल, वडा नं. ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, सल्लाहकार तथा पदाधिकारीहरु र अन्य सदस्यहरु, स्थानीय बासिन्दा तथा दहथुम प्रहरी प्रमुख मुक्तबहादुर खड्का र अस्पतालका कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
वृक्षारोपण सम्पन्न गरेपछी क्लब अध्यक्ष चिन्तामणी चापागाईले भने, “वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण अत्यन्त आवश्यक छ। हाम्रो सानो प्रयासले पनि भविष्यमा हरियाली र स्वच्छ वातावरण निर्माणमा ठूलो योगदान पु¥याउन सक्छ ।” उनले यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे। चापागाईले वातावरणीय स्वच्छता तथा उत्पादनमुखी फलफुलका बिरुवा रोपेर मानव स्वास्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने कुरा बताए । उनले लायन्सको समाज सेवाप्रति रहेको भावनालाई उच्च कदर गर्दै आगामि दिनमा अझै सक्रिय रुपमा समाजसेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरे । लायन्स क्लव अफ भीरकोटका अध्यक्ष चिन्तामणी चापागाईको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव अमृत अर्यालले गरेका थिए भने धन्यवाद ज्ञापन लायन्स क्लव अफ भीरकोटका नवप्रवेशी सदस्य विश्वनाथ अर्यालले गरेका थिए ।
लायन्स क्लब अफ भीरकोटले वर्ष २०२५÷२६ का लागि विभिन्न सेवामुलक कार्यक्रमहरु सम्पन्न गर्ने लक्ष्य लिएको क्लबका सचिव अमृत अर्यालले बताए । अस्पताल परिसरमा बातावरणमैत्री कार्यक्रम सम्पन्न गरेकोमा अस्पतालका प्रमुख डा. राजिव झाले लायन्स क्लबलाई धन्यवाद व्यक्त गरेका छन् । नयाँ वृक्षारोपण सँगै अस्पताल परिसर भित्र केहि बर्ष अघि रोपेको बिरुवालाई गोडमेल गरि मल जल तथा संरक्षण गर्नेकार्य समेत गरिएको छ। बृक्षारोपण गर्ने तर सो पछि आवश्यक गोडमेल र संरक्षण नहुदा प्रभाबकारी नतिजा नदेखिरहेको अवस्थामा पहिले रोपेका बिरुवालाई मलजल र संरक्षण पनि गर्नुपर्दछ भन्ने सोचका साथ यस कार्यक्रमको आयोजना गरिएको क्लबका प्रमुख निर्देशक नुवादत्त अर्यालले बताए ।


प्रतिक्रिया