स्वास्थ्य शिविरले बालगृहका बालवालिका लाभान्वित

स्याङ्जा ।
फेदिखोला गाउँपालिका १ स्याङ्जामा रहेको बालगृहमा आँखा र दाँतको स्वास्थ्य शिविर गरिएको छ । अमोर सेवा नेपाल नामक संस्थाले संचालन गर्दै आएको बालगृहमा रहेका अनाथ बालवालिकाको स्वास्थ्य शिविरबाट आँखा र दाँत परिक्षण गरिएको थियो । स्वास्थ्यको पहुँचबाट टाढा रहेको बालगृहमा भारतीय राजदुतावास पेन्सन कार्यालय पोखराले एक दिने आँखा र दाँत परिक्षण शिविरको आयोजना गरिदिएको हो ।

एकदिने आँखा र दाँत शिविरबाट बालगृहमा आश्रित ४३ जना बालवालिका लाभान्वित भएका छन् । बालगृहमा रहेका बालवालिकासगै स्थानीयले पनि उक्त शिविरबाट लाभ उठाएको अमोर सेवा नेपालका अध्यक्ष तथा बालगृह संचालिका कमला पराजुलीले बताइन् । हिमालय आँखा अस्पताल र पेन्सन क्याम्पको स्वास्थ्य प्राविधिक बाट बालवालिका र स्थानीयको स्वास्थ्य परिक्षण गरिएको बालगृह संचालिका पराजुलीले बताइन् ।

स्थानीय सामाजिक संघसंस्थाको बिशेष सहयोग रहदै आएको बालगृहमा बहुल बालवालिका रहेका छन् । आर्थिक रुपमा बालगृहनै धान्न धौ—धौ पर्दै आएको अवस्थामा अनाथ बालवालिकाको स्वास्थ्य परिक्षण समय—समयमा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । भारतीय राजदुतावास पेन्सन कार्यालय पोखराले बालवालिकाको निशुल्क दक्ष चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गरिदिएर सहयोग गरेको अध्यक्ष पराजुलीको भनाई छ ।

स्वास्थ्य शिविरमा संलग्न चिकित्सका अनुसार सबै बालवालिकाको आँखा राम्रो रहेको र दाँतमा भने केही समस्या देखिएको जनाएका छन् । हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मी तेज गुरुङ्ले दिएको जानकारी अनुसार ४३ जना बालवालिकाको आँखा स्वास्थ्य रहेको बताए । धेरैमा ६ महिना र थोरैमा ३ महिनामा आँखा जाँच गर्नुपर्ने सुझाव दिदै गुरुङ्ले बालगृहमा रहेका बालवालिकाको आँखा निकै स्वास्थ्य रहनु सुन्दर पक्ष रहेको बताए । बालवालिका भएकाले दाँतमा भने केही बालवालिकाको समस्या देखिएको उनले बताए । समस्या भनेर ठुलो होइन गुरुङ्ले भने,‘केही बालवालिकाको दाँत फुकाल्नुपर्ने अवस्था रहेछ ।’ दाँतमा खराबी देखिएपछि फालिएको र उनीहरुलाई औषधी वितरण गरिएको छ उनले भने । समग्रमा बालगृहमा रहेका बालवालिकाको स्वास्थ्य अवस्था निकै राम्रो रहेको गुरुङ्ले बताए ।

उक्त शिविरमा स्थानीयले पनि आँखा र दाँत परिक्षण गराएका थिए । झण्डै ३० जना स्थानीयको आँखा परिक्षण गर्दा २ जनामा मोतियाबिन्दु देखिएको र केहीलाई चस्मा वितरण गरिएको थियो । हिमालय आँखा अस्पतालको नेतृत्व तेज गुरुङ्ले गरेका थिए भने दाँतको डा.शुशिल पोख्रेलले गरेका थिए । यो भन्दा अगाडी बालगृहमा फिस्टेल हस्पिटलको सहयोगमा बालवालिकाको छाला परिक्षण गरिएको थियो । बेला—बेलामा आयोजना गरिएका स्वास्थ्य शिविरले मानिसहरुको जीवनमा स्वास्थ्य सुधारमा टेवा मिल्ने गरेको छ । बालगृहमा पनि आयोजना गरिएको स्वास्थ्य शिविरले बालवालिकाको स्वास्थ्यमा महत्वपुर्ण भुमिका खेलेको अमोर सेवा नेपालका अध्यक्ष पराजुलीको भनाई छ ।

प्रतिक्रिया