धार्मिक महायज्ञ सकरात्मकताको दियो बाल्ने माध्यम हो : सभापति अर्याल
वालिङ ।
गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बेला—बेलामा आयोजना हुने महायज्ञ तथा धार्मिक महोत्सवले समाजलाई सकरात्मक बनाउने बताएका छन् । स्याङ्जाको वालिङ १३ पाठेखोलामा आयोजना गरिएको एक महिने शिव महापुराण कथा तथा ताण्डुलाचन ज्ञान महायज्ञको समापन गर्दै सभापति अर्यालले धार्मिक कार्यले मानिसहरुलाई नकरात्मक भन्दा सकरात्मक सन्देश दिने बताएका हुन् । पछिल्लो समय समाज नकरात्मक बनिरहेका बेला धार्मिक कार्यले सकरात्मकतर्फ हिडाउन सघाउने सभापति अर्यालको भनाई थियो ।
संविधानमा धर्मनिरपेक्ष देश लेखिएको भएपनि हिन्दुत्व बढी भएको हाम्रो मुलुकमा धार्मिक कार्यक्रमहरुकै कारण हाम्रो धर्म, संस्कृति र परम्परालाई जोगाउन सफलता मिलेको सभापति अर्यालले बताए । मानिसहरुलाई जिवन, जगत, जिम्मेवारी, कर्तव्य र धर्मका बारेमा महायज्ञ मार्फत ज्ञान छरिदै आइएको छ सभापति अर्यालले भने,‘असल र सकरात्मक नागरिक बनाउन यस्ता कार्यहरुले सघाउ पुराएको पाइन्छ ।’ जसले गर्दा धर्म विरोधीहरुले यस्ता कार्यहरुलाई विथोल्न धेरै पप्रोगाण्डा छरिरहेका हुन्छन्, हामी सचेत हुनुपर्छ उनले भने ।

ठाउँको विकास र आवश्यकतालाई समेत महायज्ञको माध्यमबाट परिपुर्ति गर्ने गरिएको पनि सभापति अर्यालले बताए । पाठेखोलामा निर्माण गरिएको शिव पार्वती त्रिवेणी धामलाई पनि यो महायज्ञले अवश्य पनि महत्वपुर्ण भुमिका खेलेको विश्वास व्यक्त गरे । वालिङको अत्यन्तै मनोरम ठाँउमा निर्माण गरिएको यो धामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आवश्यक रहेको सभापति अर्यालले बताए । यसका लागि तिनैतहका सरकारहरुले सहयोगी भुमिका खेल्नुपर्ने धारणा राखे ।
स्याङ्जा क्षेत्र नं. १ प्रदेश (क) का निर्वाचित सांसद समेत रहेका अर्यालले यो क्षेत्रको विकासका लागि आफु सदैव साथमा रहेको बताए । सिमित साधनश्रोतबाट नेपालका नितैतहका सरकारहरुले सेवा दिइरहनु परेको अवस्था भएपनि आगामी दिनहरुबाट यो धामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा निर्माण गर्न आफ्नो भरपुर सहयोग रहेने सभापति अर्यालले बताए । निर्वाचनपछि आफ्ना मतदातालाई भेट्न आउन नसकेको बताउदै सभापति अर्यालले यो महायज्ञ मार्फत आफ्ना मतादातालाई समेत भेट्ने अवसर दिएकोमा आयोजकलाई सभापति अर्यालले धन्यवाद दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका कार्यबहाक सभापति केदार काफ्ले, वालिङ नगरपालिका १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता पदमराज गुरुङ, वालिङ १३ का वडाअध्यक्ष नमलाल डुम्रे, जनपत्रकार महासंघका निर्वतमान अध्यक्ष प्रकाश डुम्रे, राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला सदस्य शोभा गैह्रे, स्थानीय शिक्षाविद् तथा आयोजक सदस्य होमकान्त गौतम, आयोजक जगदिश गैह्रे लगायतका बक्ताहरुले एक महिने महायज्ञ आयोजना गरेर यस क्षेत्रको प्रचारप्रसार र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेलेको चर्चा गरेका थिए ।
महायज्ञको कथाबाचन पण्डित प्रकाश तिवारीले गरेका थिए । एक महिना लामो प्रवचन गरेका पण्डित तिवारीलाई आयोजकले भब्य सम्मान सहित उनको बिदाई गरिएको थियो । शिव पार्वती त्रिवेणी धाम मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको एक महिने शिव पुराणको मुख्य उदेश्य आइटी पार्क, अथिति आश्रम, पुस्तकालय, १०८ धारा निर्माण र शिवजीको ठुलो मुर्ति राख्ने लगायतका समेटिएका छन् । अहिले सम्म महायज्ञबाट ३० लाखभन्दा बढी रकम दानदाताबाट संकलन भएको र झण्डै १७ लाख बच्ने अनुमान आयोजकको रहेको छ । महायज्ञ मुलआयोजक समितिका अध्यक्ष दिपेन्द्र गैह्रेको सभापतित्वमा सम्पन्न भएको महायज्ञको संचालन यज्ञ पाठकले गरेका थिए । साउन १ गतेदेखी शुरु भएको महायज्ञको भदौ ३१ गते समापन गरिएको हो ।


प्रतिक्रिया