दुर्घटनामा बरिष्ठ कृषि अधिकृत लम्सालको निधन
स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार १४ अम्बोटमा मोटर साइकल दुर्घट्नामा बरिष्ठ कृषि अधिकृतको निधन भएको छ । पुतलीबजार १४ लम्साल डाँडाका ४५ बर्षिय बरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मोटर साइकल दुर्घट्नामा निधन भएको हो । लम्साल आफैले चलाएको लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल पुतलीखेत–सतौं भित्री पक्की सडक अन्तर्गतको पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटनामा परेको थियो ।
सतौंबाट पुतलीबजारको लामागे तर्फ आउदै गरेका लम्साल शुक्रबार दिउसो ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । लम्साल आफैले चलाएको मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेर दुर्घटनामा घाइते भएका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख रहेका लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा पर्दछ । यो भन्दा अगाडी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाको प्रमुख भएर काम गरेका थिए । मोटरसाइकल दुर्घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया