चापाकोटमा सहकारीद्धारा आलुको बीउ वितरण
प्रकाश डोटेल,
स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारको समृद्ध चापाकोट बहुउद्देश्यीय सहकारी लिमिडेटले स्थानीय कृषकलाई आलुको बीउ वितरण गरेको छ । चापाकोट टारको खेती योग्य जमिन जिल्लाकै आलु उर्वर भूमिका रुपमा चिनिन्छ ।
कृषि कार्यक्रम अन्तर्गंत ‘कृषि उत्पादन गरौं, आत्मनिर्भर बनौ’ भन्ने उद्देश्यले अनुदानमा आलुको बीउ वितरण गरिएको संस्थाका अध्यक्ष मदनलाल श्रेष्ठले बताए । कृषकलाई आलु उत्पादन बढाउन सहुलित दरमा बीउ वितरण गरेको श्रेष्ठले जानकारी दिए ।
बहुउद्देश्यीय सहकारी संस्थाले पाँच हजार तीन सय किलो आलुको बीउ खरिद गरेर वितरण गरेको हो । प्रतिकिलो ७० रुपैयाँको आलुलाई संस्थाका एक सय ६ जना शेयर सदस्यहरुलाई ५० किलोको दरले प्रतिकिलो १० रुपैयाँमा वितरण गरेको हो ।
आलुको बीउ वितरण कार्यक्रममा नगरपालिकाका नगरप्रमुख देव बहादर खाँण (ईश्वर), वडा नं २ का वडाध्यक्ष टिकाराम श्रेष्ठ, वडा–९ का वडासदस्य देवराज पंज्ञानीले चापाकोटलाई आलुमा आत्मनिर्भर बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया