मौलिक खाना प्रर्वद्धन गर्न सडक महोत्सव

प्रकाश डोटेल,
स्याङ्जा ।

स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा प्रथम वालिङ सडक खाना महोत्सव शुरु भएको छ । वालिङ खेलमैदानदेखि सुर्कौँदीपुल सम्म १९ गते सम्म संचालन हुने तीन दिने प्रथम वालिङ सडक खाना महोत्सवको वालिङ् नगरपालिकाले आयोजना गरेको हो । मौलिक खानालाई प्रर्वद्धनगर्दै बजारसम्म पु¥याउन आयोजना गरिएको सडक महोत्सवको ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय वृद्धि हाम्रो चाहाना’ मुल नारा रहेको छ । सडक खाना महोत्सवले स्थानीय खानाको संरक्षण तथा दस्ता बेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सद्भाव र पहिचान प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टल रहेका छन् । महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्रिलगायत काजात जातिहरुको मौलिक परिकारको प्रर्दशनी तथा बिक्री, जातिय तथा परम्परागत नृत्य, भेषभूषा, लोक संगीत, जातिय रितिरिवाज तथा जीवनशैली एकै थलोमा हेर्न सकिनेछ ।

आँधीखोले सभ्यता, स्थानीय इतिहास र समग्र नगरको सांस्कृतिक पहिचानलाई समेटेर आयोजना गरिएको महोत्सवमा स्थानीय चुलोचौकाको स्वाद, पुख्र्यौली परिकारदेखि आधुनिक परिकारसम्मको स्वादलिन पाईनेछ आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न नगरपालिकाले ६ लाख रकम विनियोजन गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जानकारी दिए । महोत्सवमा स्थानीय कृषिलाई निशुल्क स्टलको व्यवस्था गरिएको छ । स्थानीय किसानहरुले उत्पादन गरेका फलफूल, तरकारी, बीउविजन तथा कृषि प्रविधि एवं नवीन उद्यमहरुको प्रर्दशनीर प्रवद्र्धन गरिनेछ । राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति देखि नगर भित्रका प्रतिभा प्रस्फुटन समेत गरिने व्यवस्था मिलाइएको छ ।

प्रथम सडक खाना महोत्सवले स्थानीय तथा मौलिक खानाको प्रर्वद्धनगर्दै पर्यटन आवागमनको विकासका लागि टेवा पु¥याउने महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले बताए । महोत्सवले स्थानीय होटलहरुको प्रर्वद्धनगर्दै मौलिक खानालाई बजार सम्म ल्याउन सहयोगी बन्नेमा विश्वास गरेको बताउँदै प्रमुख जिटीले स्थानीय कलाकार र परिकार तथा उत्पादनलाई महोत्सवमा विषेश प्राथमिकता दिएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया