नेपाली जनसम्पर्क समिति मलेशियाको सभापतिमा स्याङ्जाका पंगेनी

स्याङ्जा ।
नेपाली काँग्रेसको पन्ध्रौ महाधिवेसनको चर्चा चलिरहेका बेला नेपाली जनसम्पर्क समिति मलेशियामा निर्वाचन सम्पन्न भएको छ । समितिको चौथो अधिवेसनले पुन सभापतिमा चोलाकान्त पंगेनीलाई निर्वाचित गरेको छ । स्याङ्जाको वालिङ ६ स्थायी घर भएका पंगेनी लामो समयदेखी मलेशियामा व्यापार व्यवसाय गर्दै आएका छन् ।

निर्वाचित भएका सभापति पंगेनीले बैदेशिक रोजगारीमा आउका नेपालीहरुको गहिरो विश्वासलाई आत्मसाथ गर्दै यो जिम्मेवारीलाई कहिल्यै कमजोर हुन नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । संगठनलाई अझ प्रभावकारी, अनुशासित र परिणाममुखी बनाउँदै लैजाने अठोट लिदै नवनिर्वाचित सभापति पंगेनीले यो जिम्मेवारीले आत्मीयता, सद्भाव, विश्वास र हौसलाले थपिएको अनुभूति गरेको स्मरण गरेका छन् । बिदेशमा रहेका नेपालीको हरबखत साथमा रहने र यो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समितिको चौथो राष्ट्रिय महाधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण शर्मा पौडेल, नेपाली राजदूतावास मलेशियाका प्रथम सचिव सुसिल घिमिरे लगायतका बक्ताहरुले प्रवासी नेपालीले नेपाललाई सधै सकरातमक नजरले हेनुपर्ने धारणा राखेका थिए । उक्त चौथो राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना सन्देश नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय तथा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पठाएको सन्देश पढेर सुनाइएको थियो । काँग्रेसको विदेश विभाग अन्तर्गत मलेशियाले अधिवेसन सम्पन्न गर्ने पहिलो देश बनेको छ ।

 

प्रतिक्रिया