नेविसंघ वालिङ बहुमुखी क्याम्पसद्वारा साप्ताहिक खेलकुदको समापन
वविन पाठक,
वालिङ ।
नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाई कार्यसमिति ले साप्ताहिक खेलकुद कार्यक्रमको समापन गरेको छ । फागुन ८ गते देखि सुरु भएको खेलकुद फागुन ११ गते सम्पन्न भएको हो । फागुन ८ गते म्युजिकल चियर, तातो आलु र घैटो फुटाइ प्रतियोगिता त्यसै गरि फागुन ९ गते डोरी तान्ने, कबड्डी र हाजिरी जवाफ प्रतियोगिता साथै फागुन १० गते भलिबल प्रतियोगिता र फागुन ११ गते भलिबल प्रतियोगिताको फाइनल खेल सगै समापन कार्यक्रम गरीएको छ ।
कार्यक्रमको समापन गर्दै नेपाली काग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेपाल विद्यार्थी संघ नेपाली काग्रेसको भातृसंगठन रहेको कुरा जानकारी गराउदै विद्यार्थीको हकअधिकारका बिषयमा मात्रै नभएर विद्यार्थीको प्रतिभा खोजीमा लाग्ने संगठन भएको बताए । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा सभापति काफ्लेको थियो ।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख विष्णु गैह्रेले वालिङ बहुमुखी क्याम्पसमा विभिन्न संघ संगठन रहेपनि नेविसंघले रचनात्मक क्रियाकलाप कार्यक्रम गरेको बताइन् । साप्ताहिक खेलकुद कार्यक्रम शान्तिपूर्ण र अनुशासित रुपमा खेलकुद सम्पन्न गरेकोमा नेविसंघको प्रशंसा गरिन् ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाई कार्यसमिति का सभापति निरज श्रेष्ठले साप्ताहिक खेलकुद कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसले सहजीकरण गरेकोमा धन्यवाद व्यक्त गरे । हरेक वर्ष क्याम्पसले क्याम्पसको वार्षिकोत्सबको अवसरमा खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको तर केही विविध कारणले यस वर्ष खेलकुद कार्यक्रम पनि नगरेको र वार्षिकोत्सब पनि नगरेकोमा ध्यानाकर्षण गर्दै सभापति श्रेष्ठले क्याम्पसले खेलकुद आयोजना नगरेका कारण नेपाल विद्यार्थी संघले खेलकुद कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रम सफलतापुर्वक सञ्चालन गर्न सहयोग पुराउनुहुने सबैमा सभापति श्रेष्ठले धन्यवाद दिदै यस्ता कार्यक्रममा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।
सभापति श्रेष्ठले वालिङ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु माझ आइपर्ने प्रत्येक समस्या सँग डटेर समाधान गर्न नेपाल विद्यार्थी संघले विगत देखिनै लागेको र आउने दिनहरुमा पनि विद्यार्थीहरुको समस्या सँग डटेर समाधान गर्न आफू एवं सम्पूर्ण नेविसंघ वालिङ क्याम्पस हरदम तयार रहेको बताए ।


प्रतिक्रिया