निर्वाचन क्षेत्र १ को प्रदेश (ख) सम्पर्क कार्यालय स्थापना

भवानी अधिकारी,
स्याङ्जा ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै स्याङजाको क्षेत्र नं. १ अन्र्तगत (ख) प्रदेशको संयुक्त निर्वाचन परिचालन तथा प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेपाली कांग्रेस लोकतान्त्रिक बामगठबन्धले पुतलीबजार नगरपालिका वडा नं. ४ मा ख प्रदेशको सम्पर्क कार्यालय स्थापना गरेको हो ।
नेपाली कांग्रेसका सभापति एवं निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु थापाले कार्यालय उदघाटन गरेका छन् । उदघाटन गर्दै थापाले २०७० सालमा स्याङ्जाबासीका मतले लोकतान्त्रिक संबिधान बनाउन सफल रहेको बताउदै अवको उदेश्य आवश्यकता अनुरुप समग्र स्याङ्जाको विकासमा समर्पित हुने बताए । यसेैगरी, प्रदेश (ख) का उम्मेदवार बुद्धिबहादुर राना (कुमार) ले लोकतन्त्र र संबिधानका रक्षा सहित प्रदेश ख को विकासका लागि आफनो उम्मेदवारी रहेको जनाउदै आफुलाई मत दिइ बिजयी गराउन आग्रह गरे ।
कार्यक्रममा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेले केपी ओलीका तानाशाह प्रवृद्धी बिरुद्ध बनेको यो गठबन्धन पवित्र रहेको बताए । उनले गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराई लोकतन्त्र र संबिधानको रक्षा गर्न नेपाली कांग्रेस र नेकपा माओवादी संगसंगै हिड्न आवश्यक रहेकोमा जोड दिए । महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, प्रदेश सदस्य उर्मिला गुरुङ लगायतले शुभकामना मन्तब्य सहित चुनावी प्रचारप्रसारमा होमिन आग्रह गरेका थिए ।
नेपाली कांग्रेस प्रदेश (ख) का सभापति प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति थानेश्वर पौडेलले स्वागत एवं प्रताप पौडेलले संचालन गरेका थिए । सोही कार्यक्रममा अन्य राजनीतिक दल परित्यागगरी नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई स्वागत एवं सम्मान गरिएको थियो । पुतलीबजार नगरपालिका ३ स्थित चम्पागिरि सन्यास आश्रम गुणीखोला मन्दिरमा पुजापाठगरी जिल्ला अस्पताल स्याङ्जाका बिरामीलाई फलफूल वितरणपछि सम्पर्क कार्यालय उदघाटन गरिएको हो । बिभिन्न रोग तथा संक्रमणभई अस्पतालमा भर्ना भै उपचाररत बिरामीलाई फलफूल बितरण गरिएको हो ।
प्रतिक्रिया