भष्ट्रचार प्रवृद्धि अन्त्य हुनुपर्छ ः उपसभापति गुरुङ्

स्याङ्जा ।
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जा संघिय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार धनराज गुरुङ्ले भष्ट्रचार प्रवृद्धिको अन्त्य गर्नुपर्ने बताएका छन् । चुनावी घरदैलो तथा वालिङ १२ र १३ मा आयोजना गरिएको चुनावी भेलालाई सम्बोधन गर्दै उपसभापति गुरुङ्ले भष्ट्रचारको अन्त्य नभएसम्म दिगो विकास सम्भव नहुने बताएका हुन् । भष्ट्रचार बिरुद्धको अभियान चलाउदै आएका उपसभापति गुरुङ्ले आफु निर्वाचित भएपछि पहिलो काम भष्ट्रचार अन्त्यको हुने दावी गरे ।
जनताको रगत र पसिना चुसेर हिड्ने जनप्रतिनिधिलाई बहिस्कार गर्नुपर्ने बताउदै उपसभापति गुरुङ्ले विगतमा भोट हालेर पठाएका जनप्रतिनिधिको समिक्षा गर्नुपर्ने बेला आएको बताए । मुलुकमा भष्ट्रचार रोक्न सके बिदेश पलायन देखी भुपडीमा बसेका जनताले सामान्य औषधी सिटामोल खानलाई समस्या नहुने बताए । जनताको घरदैलोमा पहिलो पटक भोट माग्न आएको बताउदै उपसभापति गुरुङ्ले समग्र स्याङ्जाको विकास गर्न एकपटक नेपाली काँग्रेसलाई बिजयी गराउन मतदाता सगँ आग्रह गरे ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा प्रदेश (क) उम्मेदवार भोजराज अर्यालले जनताका ठुला समस्या भन्दा साना समस्यामा जोड दिनुपर्ने बेला आएको बताए । यो प्रदेशको सुन्दरताको पहिचान गर्दै यहाँको जनताको गरीबी हटाउन नेपाली काँग्रेसलाई मतदान गर्न अनुरोध गरे । आफु ढाटेर भोट नमाग्ने बताउदै अर्यालले यो प्रदेशको विकासका लागि सदैव लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
संघिय निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश (क) को संयुक्त चुनावीसभा र घरदैलो कार्यक्रम आजबाट शुरु गरिएको छ । वालिङ १२ र १३ नम्वर जनतालाई साची राखेर नेपाली काँग्रेसले यो अभियानलाई अगाडी बढाएको नेपाली काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया