गरिमा विकास बैंकले ११.९९ प्रतिशत ब्याजदरमा घर र एसएमई कर्जा दिने

स्याङ्जा।
स्याङ्जा जिल्लामा प्रधान कार्यालय बनाएर स्थापना गरिएको गरिमा विकास बैंक आज राष्ट्रिय स्तरको हुनपुगेको छ । जिल्लाका उद्योगी, व्यवसायी। शिक्षाविद, राजनीतिककर्मी लगायत सामाजिक व्याक्तिहरुको लगानीमा स्थापना गरिएको गरिमाले आर्थिक चलायमानमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ । यसै बिच गरिमा विकास बैंक लिमिटेडले आफ्नै घर–आफ्नै व्यवसाय स्किम सार्वजनिक गरेको छ । बैंकले ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको हो ।
कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको दुई दिनभित्र स्वीकृत हुने बैंकले जनाएको छ । गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई कर्जाको ब्याज सात वर्षसम्म निश्चित हुने बैंकले जानकारी दिएको छ ।
११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।
गरिमा विकास बैंकले देशभर १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत सेवा दिँदै आएको छ । देशभरका विकास बैंकहरु मध्ये सामाजिक उत्तरदायीत्वमा सहयोग गर्नेमा यो बैंक उच्चतहमा रहदै आएको छ ।
प्रतिक्रिया